जेसिस कप को फाईनल भोलि : फाईनल मा धनगढी क्रीकेट एकेडेमी र जगवार क्रिकेट क्लब भिडने
चैत्र ३ दाङ , अनलाईन खेलखबर || दाङ क्रिकेट संघको प्राविधीक सहयोग र त्रिभुबन नगर जेसिजको आयोजना मा यहि फागुन २६ गते देखि संचालित भएको जेसिज कप क्लब स्तरिय र्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाइनल खेल भएका छ्न ।।
जस मा भएको पहिलो सेमिफाइनल खेलमा धनगढी क्रीकेट एकेडेमी ले होराईजन क्रीकेट एकेडेमी लाई सानदार १० विकेट ले हराउदै फाईनलमा प्रवेश पक्का गरेको छ ।
यसैगरी दोश्रो सेमिफाइनल मा जगवार क्रीकेट क्लब बिजयी भएको थियो । खेलमा पहिले टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेश ले १९.५ ओवर मा अल आउट हुँदै मात्र ९७ रन बनाएको थियो । जस मा कर्णालिको लागि बिजय बिस्ट ले सर्बाधिक २८ रन बनाउनु बाहेक अन्य ले उल्लेख्य योगदान गर्न असफल रहदा टिम कम स्कोर मै समेटिएको थियो । यता कर्णाली को ब्याटिङ ध्वस्त गर्ने क्रम मा जगवारको तर्फबाट सुनिल सुनारले सर्बाधिक ५ विकेट लिएका थिए ।
झिनो सामान्य लक्ष्य पछयाएको जगवार ले १७.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटाउदै कर्णाली माथी ४ विकेट को जित हासिल गर्दै फाईनल मा घनगढि क्रीकेट एकेडेमी सगँ भेट पक्का गरेको छ । जगवार लाई फाईनल पुर्याउने क्रममा सेर बहादुर वलिले सर्बाधिक ४४ रन बनाएका थिए यस्तै साहिद अन्सारिले १७ रन को योगदान दिएका थिए । बलिग तर्फ भने कर्णालिका चन्द्र बि सि र टेक सलामि ले समान २/२ विकेट लिएका थिए ।
दोस्रो सेमिफाइनल मा जगवारका सुनिल सुनार म्यान अफ द म्याच घोषित भएका छ्न ।
यता फाईनल खेल घनगढी क्रीकेट एकेडेमी र जगवार क्रीकेट कल्ब बिच भोलि बिहान देखि हुने दाङ क्रीकेट सगँ का अध्यक्ष प्रदिप मजगैया ले जानकारि गराउनु भएको छ , यस्तै भोलि हुने फाईनल खेल मा उपस्थिति हुन सरोकार वाला , पत्रकार , बुदिजिवी , व्यापारी , राजनीति कर्मी , खेलप्रेमि लगायत सम्पुर्ण उपस्थित भैई फाईनल खेल तथा समापन कार्यक्रम को सोभा बढाईदिन समेत आग्रह गर्नुभएको छ ।