onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पोखरा पल्टनबाट खेल्ने बिदेशी खेलाडीको नाम घोषणा : टिम मा भारत र युएई का खेलाडी अनुबन्धित

कार्तिक ८ , अनलाईन खेलखवर || नेपाल को पर्यटकीय शहर पोखरा मा शुक्रबार देखि सुरु हुन गईरहेको अबस्था मा स्थानिय टोलि पोखरा पल्टनले दुई बिदेशी खेलाडीको लाई टिम मा अनुबन्धित गरेको छ ।

प्रतियोगिता को नियम अनुसार सहभागि टिम ले कम्ती मा २ जना बिदेशी खेलाडी लाई टिम मा अनुबन्धित गर्न सक्ने प्राबधान रहेको छ ।

जसअनुरुप बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पल्टनका टिम व्यवस्थापक सुमन राज कार्कीले प्रेस नोट मार्फत बिदेशी खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।

शरद भेषावकर मार्की खेलाडी रहेको पोखरा पल्टन ले युएई का मोहम्मद नबिद र भारतका रबि इन्द्र सिंहलाई आफ्नो टोलीमा भित्राएको हो । नबिद युएईका लागि लगातार राम्रो प्रदर्शन गर्दै आएका खेलाडी हुन् भने रबि भारतीय घरेलु क्रिकेट मा चलेका खेलाडी हुन्। रबि घरेलु पन्जाव बाट खेल्दै आएका छ्न ।

यस्तै टिम ले दिपेश खत्री र सुमन घिमिरे लाई लोकल आइकन को रुपमा टिम मा अनुबन्धित गरेको छ । उनिहरु पुर्ब अन्डर नाईन्टिन खेलाडी हुन ।

शरद भेषावकर मार्की खेलाडी मा पोखरा पल्टन मा रोहित कुमार पौडेल, बिनोद भन्डारी, ललित राजबम्सि, रासिद खान, कृष्ण कार्की ,कुशाल भुर्तेल, बिक्रम भुसाल, मेहबुब आलम मोहम्मद, आसिफ शेख, दिभान्सु मलिक र ईशान पान्डेय रहेका छ्न ।

भने टिम लाई नेपाली अन्डर नाईन्टिन टोली का प्रशिक्षक समेत रहेका बिनोद दास ले प्रशिक्षण को जिम्मेवारी सम्हाल्दै छन ।

टिम ले प्रतियोगिता को उद्घाटन खेल मा शुक्रबार सन्दिप लामिछाने को टिम बिराटनगर टाईटान्स सगँ पहिलो खेल खेल्दै प्रतियोगिता को सुरुवात गर्दैछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *