पोखरा प्रिमियर लिग बन्यो घरेलु क्रीकेट को सबैभन्दा ठूलो क्रीकेट प्रतियोगिता

पोखरा प्रिमियर लिग बन्यो घरेलु क्रीकेट को सबैभन्दा ठूलो क्रीकेट प्रतियोगिता

कार्तिक ७ , अनलाईन खेलखबर । यहि आउदो शुक्रबार देखि नेपाल को पर्यटकिय शहर पोखरा मा हुन गईरहेको पोखरा प्रिमियर लिग ( पिपिएल ) क्रीकेट प्रतियोगिता घरेलु क्रीकेट मा सबैभन्दा धेरै धनराशि पुरस्कार रहेको प्रतियोगिता बनेको छ ।

प्रतियोगिताको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालि ले बुधबार जानकारी गराए अनुसार पिपिएल को बिजेता ले २७ लाख प्राप्त गर्नछ । प्रतियोगिताको उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिनेछ ।

यसबाहेक प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही एक एक थान सुजुकी मोटरसाइकल पुरस्कार पाउनेछन् । घरेलु प्रतियोगितामा तीन उत्कृष्ट खेलाडीलाई एकैपटक मोटरसाइकल पुरस्कार प्रदान गर्न लागिएको यो पनि पहिलो पटक नै हो ।

यस्तै प्रतियोगिता को हरेक खेल को म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ र ५ हजार बराबरको गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछ भने हरेक खेलको विजेता टोलीले १५ हजार ५ सय रुपैयाँ नगद बोनस पाउने ब्यबस्था आयोजक ले
गरेको छ ।

प्रतियोगिता लाई नमस्ते लागर बियरको मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता कार्तिक ९ देखि २० गते सम्म चल्नेछ ।

प्रतियोगिता मा कुल ६ टिम को सहभागिता रहेको छ । प्रतियोगिता को उदघाटन खेल कार्तिक ९ गते हुने छ जसमा बिराटनगर र पोखरा भिड्ने छन । प्रतियोगिता कार्तिक २० गते सम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *