onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चितवन राईनोज टिम लाई चितवन बाट विदाई : टोलि आज पोखरा प्रस्थान गर्ने

असोज ६ , अनलाईन खेलखबर || आउदो शुक्रबार बाट नेपालको पर्यटकीय शहर पोखरामा हुन गईरहेको पहिलो पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता का लागि चितवन राईनोज टिम लाई स्थानिय चितवन बाट सोमबार विदाई गरिएको छ ।

पारस खडका मार्कि खेलाडी रहेको चितवन लाई सोमबार भरतपुर चितवन स्थित गार्डेन रिसोर्टमा एक कार्यक्रम गरि भरतपुर महानगरपालिका की मेयर रेनु दाहाल लगायतले चितवन राईनोज टिमलाई लाई बिदाई गरेका थिए ।

बिदाई कार्यक्रम मा बोल्ने क्रममा मेयर दाहाल ले जितको शुभकामना दिँदै पुनः ट्रफी सहित स्वागत गर्न पाउनेमा विश्वास व्यक्त गरिन् ।

बिदाई कार्यक्रममा पारस खड्का लगायत टिम मा रहेका खेलाडीहरु तथा टिम मालिक र स्थानिय खेल सरोकारवाला हरु को उपस्थिति रहेको थियो ।

चितवन मा अनिल कुमार शाह करन केसि मोहम्मद आरिफ शेख शक्ति गौचन भुवन कार्की राम नरेश गिरि सुमित महर्जन
सोनु तामाङ बिनोद लामा हरि सङ्खर शाह र स्थानिय खेलाडी मा आकाश थापा र सनिल अधिकारी रहेका छ्न ।

प्रतियोगिता को उपाधी उचाल्ने लक्ष्य सहित चितवन टोली आज मङगलबार पोखरा प्रस्थान गर्नेछ । चितवन ले प्रतियोगिता को उपाधी उचाल्ने क्षमता पनि राख्छ । युवा र अनुभवी खेलाडी हरु ले भरिपुर्ण टिम बलियो देखिएको पनि छ ।

प्रतियोगितामा ६ वटा टीमहरु ले सहभागिता जनाउदै छ्न । जसमा बुटवल ब्लास्टर, चितवन राइनोज, बिराटनगर टाइटन, धनगढ़ी ब्लूज, एक्सपर्ट धनगढ़ी ब्लूज, काठमाडौँ रोयल्स रहेका छन् । प्रतियोगिता कार्तिक ९ देखि २० गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्