onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पिपिएल नजिकिदै गर्दा बुटवल ब्लास्टर तयारी मा यसरी जुटयो ( फोटोफिचर सहित )

असोज ५ , अनलाईन खेलखबर || नेपाल को पर्यटकिय शहर पोखरा मा यहि आउदो कार्तिक ९ देखि २० गते सम्म हुन गईरहेको पोखरा प्रिमियर लिग ( पिपिएल ) का लागि अहिले सहभागी टिम हरु ले धमाधाम तयारी गरिरहेका छ्न ।

यसै बिच मा प्रतियोगिता मा सहभागी जनाउदै गरेको सोमपाल कामी मार्की खेलाडी रहेको बुटवल ब्लास्टर ले आज देखि काठमाडौ किर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा तयारी सुरु गरेको छ ।

प्रतियोगिता को उपाधी उचाल्ने लक्ष्य सहित अहिले टिम तयारी मा जुटिरहेको बुझिएको छ । बुटवल ले प्रतियोगिता को उपाधी उचाल्ने क्षमता पनि राख्छ । युवा र अनुभवी खेलाडी हरु ले भरिपुर्ण टिम बलियो देखिएको पनि छ ।

बुटवल ब्लास्टर मा मार्की खेलाडी सोमपाल कामी सहित मोहम्मद सम्साद शेख ,सिद्धान्त लोहनी ,हरि बहादुर चौहान ,ललित भन्डारी ,शङ्खर राना ,पुरन बिके, सागर पुन, हसिम अन्सारी,भिम सार्की ,प्रकाश केसि ,अबिनाश बोहरा, नितेश थापा र बिपिन खत्री रहेका छ्न ।

यस्तै बुटवल ले अनिल खरेल र रबिन्द्र जंग शाही लाई पनि स्थानिय खेलाडी का रुपमा टिम मा अनुबन्धित गरेको छ ।

हेर्नुहोस अभ्यास का केही तस्बिरहरु ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *