onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिश गेल को उत्कृष्ट ब्याटिङ को मद्दत मा बल्ख लिजेण्ड बन्यो अफगानिस्तान प्रिमियर लिग को च्याम्पियन

असोज ५ , अनलाईन खेलखबर || युएई मा सम्पन्न अफगानिस्तान प्रिमियर लिग ( एपिएल ) को पहिलो संस्करण को उपाधी बल्ख लिजेण्डले उचालेको छ ।

युएई स्थित शारजाह क्रीकेट एसोसिएसन स्टेडियम मा भएको प्रतियोगिता को फाईनल मा आईतवार काबुल जवानान लाई ४ विकेटले पराजित गर्दै बल्ख लिजेण्ड च्याम्पियन बनेको हो ।

फाईनल मा काबुल ले टस जितेर पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओवर पुरै खेल्दै काबुल ले ९ बिकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । काबुल को लागि ब्याटिङमा जबिद अमेदिले सर्वाधिक ३२ तथा वईने पर्नेल र कोलिन ईङ्रामले समान २१ /२१ रनको योगदान दिएका थिए ।

बलिङतर्फ बल्खका क्वेज अहमद ले ४ ओभरमा १८ रन खर्चेर सर्बाधिक ५ विकेट लिन सफल भएका थिए ।

यसपछि १ सय ३३ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको बल्ख ले उक्त लक्ष्य १८.१ ओवर मा ६ बिकेट गुमाएर भेटायो ।

बल्ख लाई प्रतियोगिता को च्याम्पियन बनाउन क्रिश गेल को ५६ रनको शानदार ब्याटिङ प्रयाप्त भयो । उनले ३४ बलको सामना गर्दै ४ चौका र ४ छ्क्का प्रहार गरेका थिए । यस्तै रवि बोपरा ले पनि टिम लाई ३२ रन को योगदान गरेका थिए ।

बलिग तर्फ काबुल का लागि वरिन प्रनिल , रासिद खान , फरिद अहमद र मुस्लिम मुसा ले समान १/१ बिकेट लिन सफल भए ।

यस्तै प्रतियोगिता मा अफगानिस्तान का राशिद खान प्लेयर अफ द सिरिज चुनिएका छ्न ।

पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा कुल ५ टोलिको सहभागिता रहेको थियो ।

यस्तै एपिएल मा नेपाल का सन्दिप लामिछाने समेत खेलेका थिए । अक्सन मार्फत खेलाडी छ्नोट गरिएको प्रतियोगिता मा सन्दिप नानग्रहर लियोपार्ड मा १५ हजार डलरमा अनुबन्धित भएका थिए । सन्दिपले प्रतियोगिता मा मात्र १ खेल खेल्दै २ विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्