onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मैत्रीपुर्ण टि-२० प्रतियोगिता को पहिलो खेल मा भारत नेपाल सगँ पराजित

कार्तिक ४ , अनलाईन खेलखबर || आज देखि राजधानि स्थित निर्माणित मुलपानी क्रीकेट मैदान मा सुरु भएको नेपाल र भारत बिचको मैत्रीपुर्ण टि-२० प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले भारत लाई ने २६ रनले पराजित गरेको छ ।

प्रतियोगिता का लागि भारत तर्फ बाट सीड ब्लुटी र नेपाल का तर्फबाट नेपालय ईन्टरनेशनल इभेन्ट म्यानेजम्यान्ट प्राइभेट को संयोजन मा भईरहेको यु -१९ क्रीकेट प्रतियोगिता मा आधिकारिक र्राष्ट्रिय टिम को सहभागिता भने होईन । प्रतियोगिता मा दुबै टिम ले आफ्ना युवा खेलाडी हरु मिलाएर प्रतियोगिता का लागि तयार गरिएको खेलाडी हरु को सहभागिता रहेको छ ।

आज भएको सिरिज को पहिले खेल मा टस जितेर नेपाली टोलि ले पहिले ब्याटिङ गरेको थियो । पहिले ब्याटिङ गर्ने क्रममा नेपाल ले १८.५ ओभरमा अलआउट हुदै १ सय ४१ रन बनाएको थियो ।

यसपछि १ सय ४२ रनको बिजयी लक्ष्य लिदै जवाफी ब्याटिङ मा उत्रिएको भारत ले निर्धारित २० ओवर पुरै खेले पनि जित निकाल्न भने सकेन । भारत ८ विकेट को क्षती मा मात्र १ सय १५ रन मात्र बनाउन सक्यो ।

नेपाल लाई जित दिलाउँन नेपाली टिम का सेर मल्ल ले ५ बिकेट लिएका थिए । उनी खेल को म्यान अफ द म्याच समेत भए ।

प्रतियोगिता अन्तर्गत अब ४ खेल बाकी रहेका छ्न । सम्पुर्ण खेल मुलपानी मैदान मै हुनेछ । जसको प्रत्यक्ष प्रशारण जनता टेलिभिजन ले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्