onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पोखरा प्रिमियर लिग को खेल तालिका सार्बजनिक : उद्घाटन खेल मा बिराटनगर र पोखरा भिडने

असोज २९ , अनलाईन खेलखबर || यहि आउदो कार्तिक ९ गतेदेखि २० गते सम्म नेपाल को पर्यटकीय शहर पोखरा मा पहिलो पटक हुन गईरहेको पोखरा प्रिमियर लिग ( पिपिएल ) को खेल तालिका आज सोमबार सार्बजनिक भएको छ ।

आज आयोजक क्वीन्स इभेन्टस म्यानेजमेन्ट प्राली ले प्रेश विज्ञप्ति जारी गर्दै प्रतियोगिता को खेल तालिका सार्बजनिक गरेको हो ।

प्रतियोगिता को खेल तालिका अनुसार उद्घाटन खेल कार्तिक ९ गते शरद भेषवाकर को पोखरा पल्टन र सन्दिप लामिछाने को बिराटनगर टाईटान्स बिच हुनेछ ।

यसपछि भने एक दिन मा २ खेल समेत हुने गरि तालिका सार्बजनिक गरिएको छ । तालिका अनुसार लिग मा केही नियम परिवर्तन छ्न जुन यसअघि नेपाल का ठुला लिग मा हुँदै आएका थिए त्यस्तो नभई पिपिएल ले समुह चरणको खेल पछि अंक तालिकामा पहिलो हुने टोलीले सिधै फाईनल पुग्ने प्राबधान राखिएको छ । भने अंकतालिका को दोश्रो र तेश्रो हुने टोली ले भने एलिमिनेटरमा जित हात पारेर फाइनल पुग्नु पर्नेछ ।

अहिले प्रतियोगिता को तयारी तिब्र गति मा अघि बढिरहेको छ । मैदान देखि सम्पुर्ण तयारी का कुरा मा अहिले आयोजक तिब्र गति मा जुटिरहेको देखिन्छ ।

प्रतियोगिता मा कुल ६ टिम को सहभागिता रहने छ । जस मा टिम हरु ले खेलाडी अनुबन्ध गर्ने क्रम लगभग अन्तिम अन्तिम चरण मा पुगेको अबस्था अहिले छ ।

पिपिएलको खेल तालिका

कार्तिक ९ ११:०० बजे बिराटनगर टाईटान्स बिरुद्ध पोखरा पल्टन

कार्तिक १० ९:०० बजे चितवन राईनोज् बिरुद्ध बुटवल ब्लास्टर्स
१:१५ बजे कोठमाडौं रोयल्स बिरुद्ध धनगढी ब्लुज

कार्तिक ११ ९:०० बजे बिराटनगर टाईटान्स बिरुद्ध धनगढी ब्लुज
१:१५ बजे बुटवल ब्लास्टर्स बिरुद्ध पोखरा पल्टन

कार्तिक १२ ९:०० बजे बिराटनगर टाईटान्स बिरुद्ध काठमाडौं रोयल्स
१:१५ बजे चितवन राईनोज् बिरुद्ध पोखरा पल्टन

कार्तिक १३ विश्राम

कार्तिक १४ ९:०० बजे चितवन राईनोज् बिरुद्ध धनगढी ब्लुज
१:१५ बजे बिराटनगर टाईटान्स बिरुद्ध बुटवल ब्लास्टर्स

कार्तिक १५ ९:०० बजे चितवन राईनोज् बिरुद्ध कोठमाडौं रोयल्स
१:१५ बजे धनगढी ब्लुज बिरुद्ध बुटवल ब्लास्टर्स

कार्तिक १६ ९:०० बजे पोखरा पल्टन बिरुद्ध धनगढी ब्लुज
१:१५ बजे बुटवल ब्लास्टर्स बिरुद्ध कोठमाडौं रोयल्स

कार्तिक १७ ९:०० बजे कोठमाडौं रोयल्स बिरुद्ध पोखरा पल्टन
१:१५ बजे बिराटनगर टाईटान्स बिरुद्ध चितवन राईनोज्

कार्तिक १८ ९:०० बजे एलिमिनेटर

कार्तिक १९ विश्राम

कार्तिक २० फाइनल

प्रतिक्रिया दिनुहोस्