onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पुलिस क्लब ले उचाल्यो सुनसरी मा भएको रात्रिकालीन क्रिकेट प्रतियोगिता को उपाधी

असोज २९ , अनलाईन खेलखबर || फुलवारी क्रिकेट क्लब इनरुवा सुनसरी को आयोजना मा ईनरुवा मा भएको रात्रिकालीन टि २० क्रिकेट प्रतियोगिता को उपाधी नेपाल पुलिस क्लब ले उचालेको छ ।

फोटो : दानिस आलम

आईतवार राती सम्पन्न फाईनल मा बिराटनगर क्रीकेट क्लव (वाईआरसिसि) लाई ६ बिकेट ले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

सुनसरि जिल्ला सदरमुकाम ईनरुवा स्थित ईनरुवा रङ्गशालामा मा भएको फाईनल खेल मा ट्स जितेर पहिले बिराटनगर ले ब्याटिङ गरेको थियो । जसअनुरुप १७.६ ओभरमा बिराटनगर अलआउट हुँदै मात्र ८४ रन बनाएको थियो । बिराटनगर का लागि हासिम अन्सारी २४, फिर्दोस अन्सारी १४, पुस्प थापा १२ तथा महबुब आलम १० रन बनाएका थिए ।

बलिङ तर्फ भने नेपाल पुलिस का लागि दिपेश श्रेष्ठ, कुशल भुर्तेल, मन्जित श्रेष्ठ तथा योगेन्द्र कार्कीले समान २/२ विकेट लिन सफल भए ।

यसपछि ८५ रन को झिनो विजय लक्ष्य लिई जवाफी ब्याटिङ मा उत्रिएको च्याम्पियन टोली पुलिस ले १६.१ ओवर मा मात्र ४ बिकेट गुमाएर लक्ष्य भेटायो । पुलिस लाई उपाधी दिलाउन अमित श्रेष्ठ ले ४८ रन मा अबिजित रहे यस्तै मन्जित श्रेष्ठको १७ रन बनाउदै टिम लाई सहज जित दिलाएका थिए ।

बलिङतर्फ बिराटनगर का लागि अजय राजवन्शी तथा सदाफ अख्तर ले समान १/१ विकेट लिन सफल भएका थिए ।

प्रतियोगिता को बिजेता पुलिस क्लब ले नगद १ लाख ७५ हजार राशी सहित ट्रफि प्राप्त गर्यो भने उपबिजेता बिराटनगर ले नगद ७५ हजार सहित ट्रफि मा चित्त बुझायो ।

यस्तै प्रतियोगिता को उत्कृष्ट बलर युनाईटेड क्रीकेट क्लब बिरगन्ज का अनुज चौहान घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान बिराटनगर का मिनास थापा भए भने इमेर्जिङ प्लेयर धनगढि क्रीकेट एकेडेमी का कृष्ण अयर भए भने म्यान अफ दि सिरिज युनाईटेड क्रीकेट क्लब बिरगंज का शैदुलाह अन्सारी घोषित भए ।

प्रतियोगितामा काठमाडौं सहित मुलुक भरका १० टिमको सहभागिता रहेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *