onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्रतिष्ठा को लडाई मा नेपाल र नेदरल्यान्ड भिडदै : बिजयी टिमले सातौं स्थान पक्का गर्ने

चैत्र ३ , अनलाईन खेलखबर | नेपाली क्रीकेट ईतिहास कै सबैभन्दा ठुलो उपलब्धि अन्तरगत नेपाल ले सन २०२२ सम्म का लागि एकदिवसीय मान्यता पाईसकेको छ , यसै मा जिम्बाबे मा जारी बिश्वकप छनोट प्रतियोगिता मा आज नेपाल र नेदरल्यान्ड बिच सातौँ स्थान प्राप्त का लागि प्ले अफ खेलहुदैछ ।

सातौ स्थानको लागि हुने प्लेअफ खेल मा नेपाल र नेदरल्यान्ड्स नेपाली समय अनुसार १:१५ पछि भिडदै गर्दा यता बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने पक्का भएको हो ।
भने नेदरल्यान्ड ले पनि बिश्व क्रीकेट लिगँ च्याम्पियन भएको ले यस अगि नै एकदिवसीय मान्यता प्राप्त गरिसकेको टिम हो ।

नेपाल र नेदरल्याण्ड दुवैले ४ बर्षको लागि एकदिवसीय मान्यता पाइसके पनि दुवै टिम को यस खेल लिस्ट ‘ए’ नै हुनेछ। छनौट प्रतियोगिता पछि मात्रै दुवै देशको खेल ले एकदिवसीय मान्यता पाउने छ। तसर्थ आज को खेल दुबै का लागि प्रतिष्ठा को लडाई मा सिमित रहने छ ।

नेदरल्याण्डले प्लेअफमा हङकङ लाई ४४ रनले पराजित गरेपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको थियो । त्यस अघि समुह ‘ए’ मा रहेको नेदरल्याण्डले युएई , आयरल्याण्ड र वेस्ट इन्डिजसंग हार बेहोरेपछि सुपर सिक्स पुग्न असफल भएको थियो। पपुवा न्यु गिनीसंग मात्र जित हात पार्न सकेको नेदरल्याण्ड पनि नेपाललाई पराजित गर्दै आफुलाई उत्कृस्ट प्रमाणित गर्न रणनीति का साथ मैदान उत्रिने बिश्वास गरिएको छ ।

प्रतियोगितामा नेपाल समुह चरणमा जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तानसंग पराजित भएको थियो भने हङकङ लाई पराजित गरेपनि सुपर अफगानिस्तान सगं नेट रन रेटमा पछि पर्दै सुपर सिक्स पुग्न असफल भएको थियो। त्यसपछि प्लेअफ खेलमा नेपालले पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गरेको थियो। जुन नेपाली क्रीकेट को सबैभन्दा महत्त्वपूर्ण उपलब्धि एकदिवसिय मान्यता प्राप्त गर्न कोशेढुङ्गा साबित हुन पुग्यो ।

नेपाल र नेदरल्यान्ड एकदिवसीय मा अहिले सम्म ४ पटक आमने सामने भएका छ्न जस नेपाल ले २ खेल जितेको छ भने नेदरल्यान्ड ले पनि समान नै २ खेल जितेको छ । यता अर्को प्रतियोगिता को नवौं र दशौं स्थान का लागि हङकङ र पपुवा न्युगिनी बिचको खेल पनि आजै हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *