onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अनिल खरेल र रबिन्द्र जंग शाही पिपिएल टिम बुटवल ब्लास्टर मा अनुबन्धित

असोज २८ , अनलाईन खेलखबर || नेपाल को पर्यटकीय शहर पोखरा मा यहि आउदो कार्तिक ९ देखी २० सम्म पहिलो पटक हुन गईरहेको पोखरा प्रिमियर लिग ( पिपिएल ) का लागी फ्रेन्चाईजी टोलि बुटवल ब्लास्टर ले दुई स्थानीय खेलाडी अनुबन्ध गरेको छ ।

प्रतियोगिता को सर्त अर्थात नियम अनुसार पिपिएल मा सहभागिता जनाउने टिम हरु ले २ जना स्थानीय खेलाडी लाई अनिबार्य अनुबन्धित गर्ने प्राबधान अनुसार बुटवल ब्लास्टर ले अनिल खरेल र रबिन्द्र जगं शाही लाई टिम मा भित्राएको हो ।

यी दुई खेलाडी उमेर समूह मा परिचित नाम हो । उमेर समूह बाट र्राष्ट्रिय टोलि बाट समेत खेलेका यी दुई खेलाडी घरेलु क्रीकेट मा पनि सफल नै छ्न ।

बायाँ हाते स्पिन बलर अनिल ले सन १०१४ मा एसिसी अन्डर सिक्टिन प्रिमियर प्रतियोगिता मा नेपाल को प्रतिनिधित्व गर्दै कुल १३ बिकेट समेत लिएका थिए ।

यस्तै रबिन्द जग शाही ले पनि नेपाल को उमेर समूह बाट र्राष्ट्रिय टोलि बाट खेलिसकेका छ्न । उनी अनिल सगै सन २०१४ को एसिसि प्रिमियर प्रतियोगिता खेलेका थिए । यस्तै उनले यु -१९ टोलि मा समेत आफ्नो प्रदशन देखाई सकेका छ्न । ट्प अडर ब्याट्सम्यान तथा बिकेटकिपर रबिन्द्र नेपाल का विभिन्न घरेलु प्रतियोगिता मा पनि आफ्नो प्रभाव छोडन सफल छ्न ।

बुटवल ले यस अघि नै अक्सन मार्फत खेलाडी अनुबन्धित गरिसकेको छ । सोमपाल कामी मार्की खेलाडी रहेको बुटवल मा मोहम्मद सम्साद शेख ,सिद्धान्त लोहनी ,हरि बहादुर चौहान ,ललित भन्डारी ,शङ्खर राना ,पुरन बिके, सागर पुन, हसिम अन्सारी,भिम सार्की ,प्रकाश केसि ,अबिनाश बोहरा, नितेश थापा र बिपिन खत्री रहेका छ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *