च्याम्पियन क्रीकेट टोली स्वदेश फिर्ता
असोज २७ , अनलाईन खेलखबर || आईसीसी टि-२० बिश्वकप एसिया ( पूर्वी ) छ्नोट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली क्रिकेट टिम सनिवार स्वदेश फर्किएको छ ।
शुक्रबार सिंगापुर सगँ को अन्तिम खेल वर्षाले पुरा हुन नसकेपछि अंकतालिकामा समान अंक रहेपनि नेट रनरेट को आधारमा सिगापुर लाई पछि पार्दै नेपाल प्रतियोगिता को विजेता बनेको थियो ।
मलेसिया मा सम्पन्न बिश्वकप छ्नोट को पहिलो चरण मा रहेको एसिया ( पूर्वी ) छ्नोट प्रतियोगिता मा उपाधी रक्षा गर्दै नेपाली टोलि अपराह्न पौने २ बजे तिर मालिन्डो एअरलायन्स को बिमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका थिए ।
टिम मा सन्दिप लामिछाने र सरद भेषावकर बाहेक अन्य सबै फर्किएका छ्न । सन्दिप शुक्रबार नै मलेसिया बाटै पहिलो पटक भईरहेको अफगानिस्तान प्रिमियर लिग खेल्न युएई प्रस्थान गरेका छ्न । भने सरद क्रीकेट तालिम का लागि मलेसिया मै रहेका छ्न ।
बिमानस्थल मा पत्रकार हरु सगँ छोटो प्रतिक्रिया दिने क्रम मा नेपाली क्रीकेट टिम का कप्तान पारस ले टिमको प्रदशन पुर्बअनुमान नै रह्को भन्दै खुशी व्यक्त गरे , र अब का चरण मा नेपाल ले अझै मेहनत गर्दै नेपाल ले दोस्रो पटक टि ट्वान्टी बिश्वकप खेल्न चाहेको भनाई राखेका थिए ।
कुल ७ टिम सहभागिता रहेको छ्नोट प्रतियोगिता को अंकतालिका को सिर्षस्थान को टोलि लाई च्याम्पियन को रुपमा मानिएको थियो । नेपाल प्रतियोगिता भर अपराजित रह्दै एसियायी क्षेत्रिय छ्नोट प्रतियोगिता को लागि छनोट समेत भएको छ । भने प्रतियोगिता को प्राबधान अनुसार नेपाल सहित अंकतालिका मा दोस्रो मा रहेको सिगापुर र तेस्रो मा रहेको मलेसिया नेपाल सगैँ बिश्वकप छ्नोट को दोस्रो चरण पुगेका छ्न ।
बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता पार गरिसके पछि नेपाल , सिगापुर र मलेसिया ले अब सन २०२० मा अस्टेलिया मा हुने बिश्वकप को दोस्रो चरण को रुपमा रहेको अर्को छ्नोट प्रतियोगिता एसियाली क्षेत्रिय छनोट प्रतियोगिता पार गर्नु पर्ने हुन्छ ।
जहाँ यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छ्नोट भईसकेका टिम सगैँ पुर्बी बाट छ्नोट भएका नेपाल , सिगापुर र मलेसिया मिलाएर कुल ६ टिम ले सहभागिता हुने गरि क्षेत्रीय छनोट प्रतियोगिता खेल्नेछन् । यहाँ बाट उत्कृष्ट २ टिम ले ग्लोबल छनोट प्रतियोगिता खेल्नेछ्न ।
यसपछि तेस्रो अर्थात् अन्तिम चरण को रुपमा बिश्वकप को ग्लोबल छनोट प्रतियोगिता रहेको छ । जहाँ आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ बरियता मा रहेका रास्ट्र र विभिन्न क्षेत्रिय छनोट पार गरेर आएका ८ गरि कुल १४ टिम ले ग्लोबल छ्नोट प्रतियोगिता मा भाग लिने छ्न । यहाँ बाट उत्कृष्ट ६ टिम ले अस्टेलिया बिश्वकप को टिकट पक्का गर्नेछ्न ।
बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता मा नेपाल सहित सिगापुर , मलेसिया , थाइल्यान्ड , चिन , भुटान र म्यानमार को सहभागिता रहेको थियो ।
सन् २०१४ को बिश्व क्रिकेट लिग डिभिजन-३ को उपाधि जितेको ४ बर्ष पछि मात्रै नेपाली क्रिकेट टिमले कुनै प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।