सन्दिप बने एकै प्रतियोगिता मा सबैभन्दा धेरै बिकेट लिने खेलाडी

सन्दिप बने एकै प्रतियोगिता मा सबैभन्दा धेरै बिकेट लिने खेलाडी

असोज २६ , अनलाईन खेलखबर || बिनोद दास र बसन्त रेग्मी को यस अघि को रेकर्ड लाई पछि पार्दै एकै प्रतियोगिता मा सबैभन्दा धेरै बिकेट लिने नेपाली खेलाडी सन्दिप लामिछाने बनेका छन ।

सन्दिप ले मलेसिया मा भएको बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता मा उक्त रेकर्ड कायम गरेका हुन । उनले कुल ६ खेल बाट २४ बिकेट लिन सफल हुँदै नयाँ रेकर्ड खडा गरेका हुन ।

प्रतियोगिता को अन्तिम खेल मा सिंगापुर संग ४ विकेट लिएपछि सन्दिप नेपालको लागि एकै अन्तर्रास्ट्रिय प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।

यसअघि यो रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको थियो । सन् २०१२ मा भएको डिभिजन-४ प्रतियोगिता रेग्मी ले तथा सन् २०० ५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तिन दिवसीय ) मा बिनोद दास ले प्रतियोगिता मा २१ विकेट लिएका थिए ।

प्रतियोगिता मा सन्दिप ले मलेसिया र थाईल्याण्ड विरुद्ध ५/५ विकेट यस्तै म्यानमार र सिंगापुर सगँ ४/४ विकेट तथा भुटान र चिन सगँ ३/३ विकेट लिन सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *