को बन्छ ? च्याम्पियन : नेपाल कि सिगापुर
असोज २६ , अनलाईन खेलखबर || मलेसिया मा जारी बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता को अन्तिम खेल मा नेपाल ले आज सिगापुर को सामना गर्दैछ ।
आज हुने खेल अघोषित फाईनल नै रहेको छ । जुन टिम ले खेल जित्छ उहीँ नै प्रतियोगिता को च्याम्पियन बन्ने छ ।
प्रतियोगिता भर अपराजित रह्दै नेपाल र सिगापुर उत्कृष्ट २ भित्र रहेका छ्न । अंकतालिका मा नेपाल रनरेट मा केहि माथी रह्दै तालिका को शिर्षस्थान मा रहेको छ ।
प्रतियोगिता को एकमात्र उपाधी को दाबेदार नेपाल ले यसअघि का ५ खेल हरु मा शानदार नतिजा निकालेको छ । भने सिगापुर ले पनि त्यो लय मा आफु लाई खडा गरेको छ ।
पहिलो खेल मा म्यानमार लाई ८ बिकेट ले पराजित गर्दा दोस्रो खेल मा आयोजक मलेसिया लाई पनि ८ बिकेट ले पराजित गर्न सफल भएको थियो । यस्तै तेस्रो बर्षा ले प्रभावित हुन पुगेको खेल मा थाइल्याण्ड लाई डिएल मेथड मार्फत १४० रन पराजित गरेको थियो ।
चौथो खेल मा नेपाल ले भुटान लाई १ सय १७ रनको बिशाल अन्तर ले पराजित गरेको थियो भने आफ्नो पाचौँ खेल मा नेपाल ले चीनलाई १० बिकेट ले पराजित गर्न सफल भएको थियो ।
बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता पार गरिसके पछि नेपाल , सिगापुर र मलेसिया ले अब सन २०२० मा अस्टेलिया मा हुने बिश्वकप को दोस्रो चरण को रुपमा रहेको अर्को छ्नोट प्रतियोगिता एसियाली क्षेत्रिय छनोट प्रतियोगिता पार गर्नु पर्ने हुन्छ ।
जहाँ यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छ्नोट भईसकेका टिम सगैँ पुर्बी बाट छ्नोट भएका नेपाल , सिगापुर र मलेसिया मिलाएर कुल ६ टिम ले सहभागिता हुने गरि क्षेत्रीय छनोट प्रतियोगिता खेल्नेछन् । यहाँ बाट उत्कृष्ट २ टिम ले ग्लोबल छनोट प्रतियोगिता खेल्नेछ्न ।
यसपछि तेस्रो अर्थात् अन्तिम चरण को रुपमा बिश्वकप को ग्लोबल छनोट प्रतियोगिता रहेको छ ।जहाँ आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ बरियता मा रहेका रास्ट्र र विभिन्न क्षेत्रिय छनोट पार गरेर आएका ८ गरि कुल १४ टिम ले ग्लोबल छ्नोट प्रतियोगिता मा भाग लिने छ्न । यहाँ बाट उत्कृष्ट ६ टिम ले अस्टेलिया बिश्वकप को टिकट पक्का गर्नेछ्न ।
बिश्वकप सम्म पुग्न नेपाल ले अब २ प्रतियोगिता पार गर्नु पर्नेहुन्छ , जसमा क्रमश नै प्रतियोगिता कठिन कठिन हुँदै जानेछ ।अहिले को अबस्थामा नेपाल को सम्भावना भने प्रबल देखिएको छ ।
बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता मा नेपाल सहित सिगापुर , मलेसिया , थाइल्यान्ड , चिन , भुटान र म्यानमार को सहभागिता रहेको थियो । यस प्रतियोगिता बाट शिर्ष ३ बिश्वकप छ्नोट प्रतियोगिता को दोस्रो चरण पुग्ने प्राबधान रहेको थियो ।