नेपाल सहित सिगापुर र मलेसिया बिश्वकप छ्नोट प्रतियोगिता को दोस्रो चरण प्रबेश
असोज २६ , अनलाईन खेलखबर || मलेसिया मा भएको बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता बाट नेपाल सहित सिगापुर र मलेसिया बिश्वकप छ्नोट प्रतियोगिता को दोस्रो चरण पुग्न सफल भएका छ्न ।
यसअघि नै नेपाल र सिगापुर पुगेपनी मलेसिया का लागि भने दोस्रो चरण पुग्न अन्तिम खेल नै कुर्नु पर्यो । आज भएको खेल मा चीन लाई शानदार १० बिकेट ले पराजित गर्दै अंकतालिका को तेस्रो स्थान मा रह्दै एसियाली क्षेत्रीय छनोट प्रतियोगिता मा मलेसिया पनि छ्नोट हुन सफल भएको हो ।
अंकतालिका मा थाईल्यान्ड सगँ समान ७/७ अंक भएता पनि मलेसिया को रनरेट माथि भएपछि रनरेट का आधार मा मलेसिया ले बाजि पार्यो ।
यता नेपाल र सिगापुर को भने स्पष्ट नतिजा निस्कियो , खेलेका ५ खेल मा ५ मै जित निकाल्दै नेपाल र सिगापुर १० अंक सहित अंकताकिका को पहिलो र दोस्रो स्थान मा रहेका छ्न , अहिले नेपाल समान अंक भए पनि रनरेट का आधार मा पहिलो स्थान मा रहेको छ ।
पहिलो र दोस्रो पनि आजै नै टुङ्गो लाग्नेछ , अघोषित फाईनल का रुप मा रहेको नेपाल र सिगापुर आजै नै भिडदै छ्न । यो खेल मा जसले बिजयी प्राप्त गर्छ उहीँ यस प्रतियोगिता को च्याम्पियन बन्नेछ ।
बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता पार गरिसके पछि नेपाल , सिगापुर र मलेसिया ले अब सन २०२० मा अस्टेलिया मा हुने बिश्वकप को दोस्रो चरण को रुपमा रहेको अर्को छ्नोट प्रतियोगिता एसियाली क्षेत्रिय छनोट प्रतियोगिता पार गर्नु पर्ने हुन्छ ।
जहाँ यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छ्नोट भईसकेका टिम सगैँ पुर्बी बाट छ्नोट भएका नेपाल , सिगापुर र मलेसिया मिलाएर कुल ६ टिम ले सहभागिता हुने गरि क्षेत्रीय छनोट प्रतियोगिता खेल्नेछन् । यहाँ बाट उत्कृष्ट २ टिम ले ग्लोबल छनोट प्रतियोगिता खेल्नेछ्न ।
यसपछि तेस्रो अर्थात् अन्तिम चरण को रुपमा बिश्वकप को ग्लोबल छनोट प्रतियोगिता रहेको छ । जहाँ आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ बरियता मा रहेका रास्ट्र र विभिन्न क्षेत्रिय छनोट पार गरेर आएका ८ गरि कुल १४ टिम ले ग्लोबल छ्नोट प्रतियोगिता मा भाग लिने छ्न । यहाँ बाट उत्कृष्ट ६ टिम ले अस्टेलिया बिश्वकप को टिकट पक्का गर्नेछ्न ।
बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता मा नेपाल सहित सिगापुर , मलेसिया , थाइल्यान्ड , चिन , भुटान र म्यानमार को सहभागिता रहेको थियो । यस प्रतियोगिता बाट शिर्ष ३ बिश्वकप छ्नोट प्रतियोगिता को दोस्रो चरण पुग्ने प्राबधान रहेको थियो ।