बिश्वकप छ्नोट प्रतियोगिता : चिन ले नेपाल लाई दियो २७ रनको चुनौती
असोज २४ , अनलाईन खेलखबर || मलेसिया मा जारी बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता को आफ्नो पाचौँ खेल मा नेपाल ले अहिले चिन को सामना गरिरहेको छ ।
टस जितेर नेपाल ले पहिले चिन लाई ब्याटिङ को निम्तो दिएको थियो । जसअनुरुप चिन १३ ओवर भित्र अलआउट हुदै मात्र २६ रन बनाउन सफल भयो ।
प्रतियोगिता बाटै बाहिरी सकेको कमजोर देखिएको चीन ले नेपाली बलर सामु पुरै नै निरीह देखिए । १.५ ओवर मा चिन ले पहिलो बिकेट का रुपमा निग सोग लाई सुन्य रन मा गुमाएपछि चीन को बिकेट पतन को सुरुवात भएको थियो । उनी ललित राजबन्शि को बल मा सिकार भएका थिए ।
यसपछि चीन ले आफ्नो बिकेट क्रमश गुमाउदै गयो । पहिलो बिकेट गुमाए पछि केही सम्हालिन खोजेको देखिए पनि इनिग को सातौ ओवर मा सन्दिप ले लगातार २ बिकेट लिए पछि चिन कम स्कोर तर्फ अग्रसर बन्यो । सन्दिप को बल मा चेन जिफ्रेज चेन छ्यारेन आउट भएका थिए ।
पछि वसन्त रेग्मी ले एक पछि अर्को ब्याट्सम्यान लाई पभेलियन फर्काईदिए पछि चिन निकै कम स्कोर बनाउन सक्यो ।
चिन का लागि होग चियाङ को ११ रन नै उच्च योगदान रहयो । दयाङ्जि या ले ५ रन बनाए र चेन जिफ्रेज ले १ रन बनाए । भने बाकी ब्याट्सम्यान ले खाता खोल्न समेत सकेनन ।
चीन लाई निकै कम स्कोर मा रोक्न नेपाल का ललित राजबन्शि , सन्दिप लामिछाने र वसन्त रेग्मी ले समान ३/३ बिकेट लिन सफल भए ।
प्रतियोगिता को एकमात्र उपाधी को दाबेदार नेपाल ले यसअघि का ४ खेल हरु मा अपराजित रहदै शानदार नतिजा निकालेको छ । पहिलो खेल मा म्यानमार लाई ८ बिकेट ले पराजित गर्दा दोस्रो खेल मा आयोजक मलेसिया लाई पनि ८ बिकेट ले पराजित गर्न सफल भएको थियो ।
यस्तै तेस्रो बर्षा ले प्रभावित हुन पुगेको खेल मा थाइल्याण्ड लाई डिएल मेथड मार्फत १४० रन पराजित गरेको थियो । भने चौथो खेल मा मङ्गलबार भुटान लाई १ सय १७ रनको विशाल अन्तर ले पराजित गरेको थियो ।
अब नेपाल ले आउदो शुक्रबार सिगापुर को सामना गर्नेछ । यस प्रतियोगिता बाट ७ मध्य उत्कृष्ट ३ टिम बिश्वकप छनोट को को अर्को चरण मा पुग्नेछन ।