प्रदिप एरि को उत्कृष्ट ब्याटिङ को मद्धत ले नेपाल ले भुटान लाई दियो १५१ रनको लक्ष्य
असोज २३ , अनलाईन खेलखबर || मलेसिया मा जारी बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता को आफ्नो चौथो खेल मा नेपाल ले भुटान को सामना गरिरहेको छ ।
मलेसिया स्थित बायुमास ओभल क्रीकेट मैदान टस जितेर भुटान ले नेपाल लाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो ।
टस हारेर पहिले ब्याटिङ गर्ने क्रम मा नेपाल ले
निर्धारित २० ओवर पुरै खेल्दै ४ बिकेट गुमाएर १ सय ५० रन बनाएको छ । जस मा प्रदिप एरि को उत्कृष्ट ब्याटिङ को मद्दत मा नेपाल ले भुटान बिरुद्ध उक्त स्कोर खडा गर्न सफल भएको छ । प्रदिप ले अबिजित रह्दै ७५ रनको पारी खेले ६८ बलको सामना गरेका उनले ६ चौका र २ छ्क्का समेत प्रहार गरे ।
यता नेपाल ले भुटान सगँ मध्यम स्कोर खडा गरेको छ , टि – ट्वान्टी मा यो स्कोर राम्रो देखिएपनी भुटान विरुद्ध यसलाई मध्यम स्कोर कै रुपमा लिन सकिन्छ । नेपाल ले पहिलो बिकेट का रुपमा बिनोद भन्डारी लाई टिम को स्कोर ६ हुँदा शून्य रन मा गुमाएको थियो । यसपछि भने नेपाल ले सम्मालिएर खेल्यो जसमा अनिल कुमार शाह ले २७ रन , आरिफ शेख ले १३ , दीपेन्द्र सिँह एरि ले १५ र करन केसि ले अबिजित रहदै १५ रनको योगदान टिम लाई दिए ।
अब केही बेर पछि भुटान जवाफी ब्याटिङ मा उत्रिने छ । भुटान का लागि यो ठूलो लक्ष्य पक्कै हो ।
प्रतियोगिता को एकमात्र उपाधी को दाबेदार नेपाल ले यसअघि का ३ खेल हरु मा शानदार नतिजा निकालेको छ । पहिलो खेल मा म्यानमार लाई ८ बिकेट ले पराजित गर्दा दोस्रो खेल मा आयोजक मलेसिया लाई पनि ८ बिकेट ले पराजित गर्न सफल भएको थियो । यस्तै तेस्रो बर्षा ले प्रभावित हुन पुगेको खेल मा थाइल्याण्ड लाई डिएल मेथड मार्फत १४० रन पराजित गरेको थियो ।