बिश्वकप छनोट प्रतियोगिता : भुटान ले आज नेपाल को सामना गर्दै

बिश्वकप छनोट प्रतियोगिता : भुटान ले आज नेपाल को सामना गर्दै

असोज २३ , अनलाईन खेलखबर || मलेसिया मा जारी बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता को आफ्नो चौथो खेल मा नेपाल ले भुटान सगँ अबको केही बेर पछि प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिता को एकमात्र उपाधी को दाबेदार नेपाल ले यसअघि का ३ खेल हरु मा शानदार नतिजा निकालेको छ । पहिलो खेल मा म्यानमार लाई ८ बिकेट ले पराजित गर्दा दोस्रो खेल मा आयोजक मलेसिया लाई पनि ८ बिकेट ले पराजित गर्न सफल भएको थियो । यस्तै तेस्रो बर्षा ले प्रभावित हुन पुगेको खेल मा थाइल्याण्ड लाई डिएल मेथड मार्फत १४० रन पराजित गरेको थियो ।

यस्तै समान ३ खेल खेलिसकेको भुटान ले भने एक खेल मा मात्र जित हासिल गरेको छ । चीन माथी ९ बिकेट को जित हासिल भुटान ले गर्दा आयोजक मलेसिया र थाईल्यान्ड सगँ भने भुटान पराजित भएको छ ।

नेपाल ले खेलेका सबै खेल मा सबै मा जित निकाल्दै अंकतालिका को पहिलो स्थान मा छ भने भुटान पाचौं स्थान मा छ ।

तुलनात्मक रूपमा नेपाल भन्दा भुटान धेरै नै कमजोर टिम हो । जारि प्रतियोगिता मा पनि भुटान को स्तर देखी सकिएको छ । यस अर्थ मा पनि नेपाल का लागि त्यो केबल औपचारिकता निभाउने मात्र रहनेछ ।

नेपाल प्रतियोगिता को उपाधी उचाल्दै सन २०२० मा अस्टेलिया मा हुने टि- ट्वान्टी बिश्वकप को यात्रा मा रहिरहन चाह्न्छ । बिश्वकप सम्म पुग्न नेपाल का लागि यो पहिलो खुडकिलो हो । यसलाई नेपाल ले आफ्नो स्तर देखाउने राम्रो अबसर को रुपमा लिएको छ ।

नेपाल को तुलनामा यस प्रतियोगिता मा सबै नेपाल भन्दा कमजोर टिम रहेका छन । आईसीसी ले यस छ्नोट प्रक्रिया लाई सबै मा क्रीकेट को माहोल होस , उदाउदै गरेका क्रीकेट ले पनि आफ्नो क्षमता देखाउने माध्यम बनोस भन्ने उद्देश्य का क्रीकेट लाई सबै मा पुर्याउन भुमिका खेलिरहेको छ ।

बिश्वकप छ्नोट बिश्वभर का उदाउदै गरेका देशहरु लाई सहभागिता गराउने आईसीसी को निर्णय को यो कोशेढुङगा हो ।

मलेसिया मा भैईरहेको उप-क्षेत्रिय छनोट प्रतियोगिता मा नेपाल सहित एसिया “बि” मा मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड ले सहभागि रहेका छ्न ।

यस उप-क्षेत्रबाट उत्कृष्ट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन् ।

यसपछि दोस्रो खुडकिलो को रुपमा रहेको अर्को छ्नोट प्रतियोगिता एसियाली क्षेत्रिय छनोट प्रतियोगिता पार गर्नु पर्ने हुन्छ । जहाँ यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छ्नोट भईसकेका टिम सगैँ पुर्बी अर्थात यस प्रतियोगिता का उत्कृष्ट ३ टिम मिलाएर कुल ६ टिम ले सहभागिता हुने गरि क्षेत्रीय छनोट प्रतियोगिता खेल्नेछन् । यहाँ बाट उत्कृष्ट २ टिम ले ग्लोबल छनोट प्रतियोगिता खेल्नेछ्न ।

यसपछि तेस्रो अर्थात् अन्तिम खुडकिलो को रुपमा बिश्वकप को ग्लोबल छनोट प्रतियोगिता रहेको छ ।जहाँ आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ बरियता मा रहेका रास्ट्र र विभिन्न क्षेत्रिय छनोट पार गरेर आएका ८ गरि कुल १४ टिम ले ग्लोबल छ्नोट प्रतियोगिता मा भाग लिने छ्न । यहाँ बाट उत्कृष्ट ६ टिम ले अस्टेलिया बिश्वकप को टिकट पक्का गर्नेछ्न ।

बिश्वकप सम्म पुग्न क्रमश ३ प्रतियोगिता पार गर्नु पर्नेहुन्छ , जसमा क्रमश नै प्रतियोगिता कठिन कठिन हुँदै जानेछ । नेपाल का लागि पहिलो खुडकिलो अर्थात यो प्रतियोगिता धेरै सहज पुर्ब अनुमानित झै देखिएको छ ।।

नेपाल र भुटान बिचको खेल बायुमास ओभल मा नेपाली समय अनुसार पौने ८ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *