बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता मा नेपाल को बिजयी यात्रा जारी : मलेसिया ८ बिकेट ले पराजित

बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता मा नेपाल को बिजयी यात्रा जारी : मलेसिया ८ बिकेट ले पराजित

असोज २० , अनलाईन खेलखबर || मलेसिया मा जारी बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता को आफ्नो दोस्रो खेल मा नेपाल ले आयोजक मलेसिया लाई ८ बिकेट ले पराजित गरेको छ ।

यो सगैँ लगातार २ खेल मा जित निकाल्दै नेपाल ले प्रतियोगिता को उपाधी को दाबेदारी अझ ससक्त् बनाएको छ ।

आज मलेसिया स्थित बायुमास ओभल मैदानमा मलेसिया ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । जसअनुरुप मलेसिया १९.३ ओभरमा अलआउट हुदै १०० रन मात्र जोड्न सक्यो । सन्दिप को उत्कृष्ट बलिग सामु मलेसिया का ब्याट्सम्यान पुरै निरीह नै बने । मलेसिया का शफिक शरिफले सर्वाधिक ४९ रन जोड्न बाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन । ओपनिग गर्न उत्रिएका शरिफले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए।

३६ रनको स्कोरमा २ विकेट गुमाएपछि मलेसियाका लागि अहमद फैज र शफिक शरिफले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै इनिंग उकास्ने प्रयास गरेका थिए । तर त्यो लामो समय रहन सकेन र मलेसिया निकै कम स्कोर मा सिमित हुन पुगेको थियो ।

बलिग तर्फ नेपाल का सन्दिप लामिछाने ले सर्वाधिक ५ विकेट हात पारे। आफ्नो ४ ओभरको पुरै बलिग गर्दै सन्दिपले २० रन खर्चिएर महत्त्वपूर्ण ५ विकेट लिएका थिए ।
यस्तै सोमपाल कामीले ३ विकेट लिए भने कप्तान पारस ले पनि १ बिकेट लिन सफल भए ।

१ सय १ रनको झिनो लक्ष्य नेपाल ले १२. ४ ओवर मा मात्र २ बिकेट गुमाएर भेटायो । नेपाल ले आफ्ना ओपनर अनिल शाह र बिनोद भन्डारी लाई सस्तै मा गुमाएको भए पनि नेपाल लाई कप्तान पारस खडका र उप- कप्तान ज्ञानेन्द्र मल्ल को साझेदारी ले शानदार जित दिलाए । अनिल ले १ रन , बिनोद ले १२ रन बनाए भने कप्तान पारस अबिजित ५२ रन को पारी खेलेका थिए । भने ज्ञानेन्द्र पनि २७ रन मा अबिजित रह्दै नेपाल का लागि शानदार जित दिलाए ।

अब नेपाले ले आफ्नो तेस्रो खेल भोलि आईतवार थाईल्यान्ड विरुद्ध खेल्नेछ ।खेल नेपाली समय अनुसार सवा १२ बजे किनरारा क्रीकेट मैदान मलेसिया मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *