नेपाल भर्सेज मलेसिया : नेपाल ले पहिले बलिग गर्दै
असोज २० , अनलाईन खेलखबर || मलेसिया मा जारी बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता को आफ्नो दोस्रो खेल मा अहिले नेपाल ले आयोजक मलेसिया को सामना गरिरहेको छ ।
पहिलो खेल मा म्यानमार लाई ८ बिकेट को शानदार जित निकालेको नेपाल अपराजित हुदै प्रतियोगिता को उपाधि उचाल्न चाह्न्छ । जारी प्रतियोगिता मा नेपाल ले मात्र प्रतियोगिता को दाबेदार दिएको छ ।
बायुमास ओभल मैदानमा आयोजक मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । खेल अहिले जारी छ ।
तुलनात्मक रुपमा अन्य बाकी टिम मध्य अलि कति बलियो देखिएको मलेसिया विरुद्ध नेपाल ले सोही अनुरुप रणनीति का साथ मैदान उत्रिएको छ ।
प्रतियोगिता को सबैभन्दा बलियो नेपाल नै रहेको छ । सिगापुर र मलेसिया बाहेक म्यानमार , भुटान , थाइल्यान्ड निकै कमजोर देखिएका छन । उनिहरु लाई यो प्रतियोगिता नै बिश्वकप खेले समान भएको देखिन्छ ।
पछिल्लो भेट
एकदिवसीय मा भेट भए पनि मलेसिया सगँ नेपाल को टि- ट्वान्टी फर्मार्ट मा भने भेट नभएको लामो नै भएको छ । पछिल्लो पटक
सन् २०१३ मा नेपाल मा भएको एसीसी टि-२० का बेला भेट भएको थियो । जहाँ नेपाल १९ रनले बिजयी भएको थियो । खेल मा पहिले ब्याटिङ गर्दै नेपालले १६३ रन बनाएको थियो र लक्ष्य पछ्याउने क्रममा मलेसियाले १४४ रन बनाएको थियो ।
यता एकदिवसीय मा भने नेपाल ले गत महिना एसिया कप छनौट प्रतियोगिता मा मलेसिया लाई १९ रनले पराजित गरेको थियो । बर्षा ले प्रभावित खेलमा नेपालले निर्धारित ३० ओभरमा १८८ रन बनाएको थियो जसको जवाफ मा मलेसियाले १६९ रन बनाएको थियो।
नेपालको अन्तिम ११ : पारस खड्का, अनिल कुमार साह, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, बिनोद भण्डारी, आरिफ शेख, सोमपाल कामी, ललित राजबंशी, सन्दिप लामिछाने, शरद भेसावाकर र करन केसि