onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्रतियोगिता को च्याम्पियन बन्ने दौड मा रहेको नेपाल ले आफ्नो दोस्रो खेल मा भोलि आयोजक मलेसिया सगँ प्रतिस्पर्धा गर्ने

असोज १९ , अनलाईन खेलखबर || बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता मा च्याम्पियन बन्ने लक्ष्य सहित मलेसिया पुगेको नेपाली र्राष्ट्रिय क्रीकेट टोलि ले भोलि सनिवार आफ्नो दोस्रो भेट मा आयोजक मलेसिया लाई सामना गर्दै छ ।

फाईल फोटो

तुलनात्मक रुपमा अन्य बाकी टिम मध्य अलि कति बलियो देखिएको मलेसिया विरुद्ध नेपाल ले सोही अनुरुप रणनीति का साथ मैदान उत्रिने छ । पहिलो खेल मा निकै निरीह म्यानमार लाई ८ बिकेट्ले नेपाल ले पराजित गरेको थियो ।

टस जितेर पहिले ब्याटिंग गर्दै म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो ।

प्रतियोगिता को सबैभन्दा बलियो नेपाल नै रहेको छ । सिगापुर र मलेसिया बाहेक म्यानमार , भुटान , थाइल्यान्ड निकै कमजोर देखिएका छन । उनिहरु लाई यो प्रतियोगिता नै बिश्वकप खेले समान भएको देखिन्छ ।

एकदिवसीय मा भेट भए पनि मलेसिया सगँ नेपाल को टि- ट्वान्टी फर्मार्ट मा भने भेट नभएको लामो नै भएको छ । पछिल्लो पटक सन् २०१३ मा नेपाल मा भएको एसीसी टि-२० का बेला भेट भएको थियो । जहाँ नेपाल १९ रनले बिजयी भएको थियो । खेल मा पहिले ब्याटिङ गर्दै नेपालले १६३ रन बनाएको थियो र लक्ष्य पछ्याउने क्रममा मलेसियाले १४४ रन बनाएको थियो ।

यता एकदिवसीय मा भने नेपाल ले गत महिना एसिया कप छनोट प्रतियोगिता मा मलेसिया लाई १९ रनले पराजित गरेको थियो । बर्षा ले प्रभावित खेलमा नेपालले निर्धारित ३० ओभरमा १८८ रन बनाएको थियो जसको जवाफ मा मलेसियाले १६९ रन बनाएको थियो। 

मलेसिया सगँ नेपालले भोलि शनिबार क्वालालम्पुर स्थित किनरारा ओभल मैदानमा खेल्नेछ। खेल नेपाली समय पौने ८ बजे पछि सुरु हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *