एभरेष्ट प्रिमियर लिग (ईपिएल ) मङ्सिर २२ बाट सुरु हुने : झनै उत्कृष्ट हुने मा आयोजक को दाबी
असोज १८ , अनलाईन खेलखबर || नेपाल को घरेलु क्रीकेट प्रतियोगिता मा सबैभन्दा चर्चित एभरेष्ट प्रिमियर लिग (ईपिएल) आगामी मङ्सिर २२ गते देखि पुस ७ गते सम्म काठमाडौ स्थित टियु अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा हुने भएको छ ।
यस अघि का दुई संस्करण सफलता का साथ सम्पन्न गरेको आयोजक एभरेष्ट प्रिमियर लिग प्राली ले यसपटक तेस्रो संस्करण लिएर आएको छ ।
प्रतियोगिता को मिति घोषणा गर्ने क्रममा आज काठमाडौं मा पत्रकार सम्मेलन गरि आयोजक ले यसपालि लिग मा अझ व्यापक आकर्षक कुराहरु रहेको समेत जानकारि गराएको छ ।
अन्तर्राष्ट्रिय क्रीकेट परिषद ( आईसीसी ) ले समेत मान्यता दिएको यस प्रतियोगिता पछिल्लो समय निकै लोकपि्रयता को शिखर चडदै छ ।
एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) मा विभिन्न ६ टिम को सहभागिता रहने गर्छ । जसमा बिराटनगर वारियर्स, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स, पोखरा राईनोज, भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स ११ रहेका छन् ।
प्रतियोगिता को पहिलो संस्करणमा नेपाली राष्ट्रिय टोली मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरण कप्तानी रहेको पन्चकन्या तेजले जितेका थियो । भने दोश्रो संस्करणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको बिराटनगर वारियर्सले उपाधी उचालेको थियो ।