युथ एसिया कप मा नेपाल लाई सान्त्वना जित

युथ एसिया कप मा नेपाल लाई सान्त्वना जित

असोज १५ , अनलाईन खेलखबर || बङ्लादेश मा जारी अन्डर नाईन्टिन एसिया कप को समुह चरण को आफ्नो अन्तिम खेल मा नेपाल ले युएई लाई ३ बिकेट ले पराजित गरेको छ ।

यसअघि भारत र अफगानिस्तान सगँ पराजित हुदै प्रतियोगिता बाटै बाहिरि सकेको नेपाल लाई यो सान्त्वना जित मिल्यो । युएई पनि समूह मा खेलेका सबै खेल मा पराजित हुँदै घर फर्कियो ।

आज भएको प्रतियोगिता को अन्तिम खेल मा युएई ले दिएको २ सय ६९ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ गरेको नेपाल ले उक्त लक्ष्य ४९.१ ओवर मा ७ बिकेट गुमाएर भेटायो ।

नेपाल ले सुरुवात भने औषत गरेको थियो । टिम को स्कोर १०४ हुँदा नेपाल ले ३ बिकेट गुमाएको अबस्था थियो क्रमश नेपाल का तिर्थ राज दास , रित गौतम र कप्तान आशिफ शेख लाई गुमाएको थियो । तिर्थ ले ६ रन , रित ले १८ रन र आशिफ ले ३५ रन बनाए ।।

यसपछि नेपाल लाई जित नजिक सन्दिप जोरा र रोहित पौडेल ले पुर्याए । दुबै ले अर्धसतकिय पारी खेले । सन्दिप ले ६७ रन को पारी खेल्दा रोहित ले भने सर्बाधिक ९२ रनको पारी खेले । उनले ८८ बलको सामना गर्दै ६ चौका र ३ छ्क्का प्रहार गरे ।। अन्तिम मा रासिद खान ले छ्क्का हान्दै नेपाल लाई जित दिलाए । रासिद २७ रन मा अबिजित रहे ।

यस अघि युएई ले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओवर पुरै ब्याटिङ गर्दै ८ विकेट गुमाएर युएई ले २ सय ६८ रनको ठूलो योगफल खडा गरेको थियो ।

निकै ससक्त सुरुवात गरेको युएई का लागि पहिलो विकेट को रुपमा फहाद नवाज र अंशले १५९ रनको बिशाल साझेदारी गरे। ईनिग को २८ औं ओवर मा ६७ रन बनाएका अंश नन्दन यादबको बलमा आउट हुन पुगे । यस पछि भने नेपाल ले निरन्तर अन्तरालमा विकेट लिदै गयो ।

फहाद नवाजलाई पनि नन्दनले नै ३२ औं ओभरमा आउट गरे। उनले टिमका लागि सर्बाधिक ८३ रन को पारी खेले ।

यस्तै युएई का लागि मुहम्मद अलि ले १६ रन , जोनाथन फिगी ले १५ रन , ब्रान्डन एडम ले १८ रनको योगदान दिएका थिए ।

बलिग तर्फ नेपाल का लागि नन्दन यादब , रासिद खान र पवन सराफ ले समान २/२ बिकेट लिए ।सुर्य तामाङ र सागर ढकाल ले पनि १/१ बिकेट लिन सफल भए ।

यसअघि नै प्रतियोगिता बाट बाहिरी सकेका यी दुई टिम नेपाल र युएई सुरुवाती २ खेल मा पराजित भएका थिए ।। युएई अफगानिस्तान सगँ ५ विकेट र भारत सगँ २२७ रनले पराजित भएको थियो । भने नेपाल पहिलो खेलमा भारत सगँ १७१ रनले तथा दोस्रो खेलमा अफगानिस्तान सगँ ३ विकेटले पराजित हुन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *