टि-ट्वान्टी बिश्वकप सम्म पुग्न नेपाल लाई ३ खुड्किलो पार गर्नु पर्ने : पहिलो खुड्किलो भने सहज
असोज १६ , अनलाईन खेलखबर || बुधबार बाट मलेसिया मा हुन गईरहेको बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता खेल्न का लागि नेपाली क्रीकेट टोलि अहिले मलेसिया पुगिसकेको छ ।
नेपाल प्रतियोगिता को उपाधी उचाल्दै सन २०२० मा अस्टेलिया मा हुने टि- ट्वान्टी बिश्वकप को यात्रा मा रहिरहन चाह्न्छ । बिश्वकप सम्म पुग्न नेपाल का लागि यो पहिलो खुडकिलो हो । यसलाई नेपाल ले आफ्नो स्तर देखाउने राम्रो अबसर को रुपमा लिएको छ ।
नेपाल को तुलनामा यस प्रतियोगिता मा सबै नेपाल भन्दा कमजोर टिम रहेका छन । आईसीसी ले यस छ्नोट प्रक्रिया लाई सबै मा क्रीकेट को माहोल होस , उदाउदै गरेका क्रीकेट ले पनि आफ्नो क्षमता देखाउने माध्यम बनोस भन्ने उद्देश्य का क्रीकेट लाई सबै मा पुर्याउन भुमिका खेलिरहेको छ ।
बिश्वकप छ्नोट बिश्वभर का उदाउदै गरेका देशहरु लाई सहभागिता गराउने आईसीसी को निर्णय को यो कोशेढुङगा हो ।
मलेसिया मा हुन गईरहेको उप-क्षेत्रिय छनोट प्रतियोगिता मा नेपाल सहित एसिया “बि” मा मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड ले सहभागि जनाउदै छ्न ।
यस उप-क्षेत्रबाट उत्कृष्ट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन् ।
यसपछि दोस्रो खुडकिलो को रुपमा रहेको अर्को छ्नोट प्रतियोगिता एसियाली क्षेत्रिय छनोट प्रतियोगिता पार गर्नु पर्ने हुन्छ । जहाँ यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छ्नोट भईसकेका टिम सगैँ पुर्बी अर्थात यस प्रतियोगिता का उत्कृष्ट ३ टिम मिलाएर कुल ६ टिम ले सहभागिता हुने गरि क्षेत्रीय छनोट प्रतियोगिता खेल्नेछन् । यहाँ बाट उत्कृष्ट २ टिम ले ग्लोबल छनोट प्रतियोगिता खेल्नेछ्न ।
यसपछि तेस्रो अर्थात् अन्तिम खुडकिलो को रुपमा बिश्वकप को ग्लोबल छनोट प्रतियोगिता रहेको छ ।जहाँ आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ बरियता मा रहेका रास्ट्र र विभिन्न क्षेत्रिय छनोट पार गरेर आएका ८ गरि कुल १४ टिम ले ग्लोबल छ्नोट प्रतियोगिता मा भाग लिने छ्न । यहाँ बाट उत्कृष्ट ६ टिम ले अस्टेलिया बिश्वकप को टिकट पक्का गर्नेछ्न ।
बिश्वकप सम्म पुग्न क्रमश ३ प्रतियोगिता पार गर्नु पर्नेहुन्छ , जसमा क्रमश नै प्रतियोगिता कठिन कठिन हुँदै जानेछ । नेपाल का लागि पहिलो खुडकिलो अर्थात यो प्रतियोगिता धेरै सहज पक्कै हुने देखिन्छ ।
नेपाल ले भखरै एकदिवसीय मान्यता समेत पाएको बलियो टिम को रुपमा यस प्रतियोगिता मा रहेको छ । अरु केही औषत र उदाउदै गरेका टिम छ्न । केहि लाई त यो नै बिश्वकप मा खेलेको झै आबस अबस्य हुनेछ । मलेसिया र सिगापुर नेपाल का लागि टक्कर दिने टिम मध्यका हुन । विभिन्न चरण मा विभिन्न समय मा नेपाल सगँ भेट भईरहेको हुन्छ । यस अर्थ मा नेपाल को खेल का बारेमा अरु बाकि टिम को तुलनामा यि २ देश लाई धेरै नै थाहा छ ।
त्यसैले नेपाल लाई मलेसिया र सिगापुर ले केही टक्कर दिने प्रयास पक्कै गर्नेछ्न ।। तर पछिल्लो समय क्रम मा नेपाल हाबी नै हुने देखिन्छ ।र बाकी रहेका टिम हरु को प्रदशन हेर्न लायक हुने छ अहिले नै नहेरिकन भन्न चाहिँ सकिने अबस्था भने छैन तर यति भन्न सकिन्छ अन्य उपलब्धि र गतिविधि हेर्दा लाग्छ कमजोर भने यी टिम हरु देखिन्छ्न ।
मलेसिया प्रस्थान गर्नु अघि पत्रकार हरु सगँ छोटो धारणा राख्ने क्रममा नेपाल का प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का प्रतियोगिता को उपाधि उचाल्ने मा बिश्वस्त देखिन्थे । यस्तै नेपाल ले मलेसिया मा आफ्नो स्तर को खेल देखाउने र कमजोर प्रतिद्वन्दी भन्दा पनि सबै लाई उत्तिकै महत्त्व का साथ हेर्दै नेपाल ले आफ्नो उत्कृष्ट दिने प्रशिक्षक टमाटा को भनाई थियो । उनको पूरा भनाई सापटी लिदाँ पनि नेपाल को प्रतियोगिता को रणनीति कस्तो रहेछ यसले स्पष्ट देखाउँछ । जुन आफै मा उच्च सोच सकारात्मक नै छ ।
यता यस प्रतियोगिता का लागि नेपाल ले सहि टिम चुनेको देखिन्छ । टोलि मा लामो समय पछि टिम मा प्रदीप सिंह ऐरि ले कमब्याक गरेका छ्न । यस्तै एसिया कप छ्नोट गुमाएका शरद भेषावकर पनि टिम मा फर्किएका छ्न । टिम समग्र मा राम्रो उचित बनेको छ ।
१४ सदस्यीय टिममा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सोमपाल कामि , अनिल शाह, विनोद भण्डारी, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने र शरद भेस्वाकर रहेका छन्।
यसरि नेपाल ले आफ्नो बलियो पक्ष लाई न्याय दिन सकेमा नेपाल का लागि यो प्रतियोगिता निकै सहज देखिएको छ ।