युवा ब्याट्सम्यान हरु को लगातार कमजोर ब्याटिङ : समुह चरण बाटै बाहिरिने सङ्केत
असोज १५ ,अनलाईन खेलखबर || बङ्लादेश मा जारी अन्डर नाईन्टिन एसिया कप को समूह चरण को दोस्रो खेल मा अहिले नेपाल ले चिरप्रतिद्द्दी अफगानिस्तान सगँ खेली रहेको छ ।
बगलादेश स्थित कृरा शिक्खा प्रोतिस्थान नम्बर ३ क्रिकेट मैदान मा नेपाल ले पहिले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । जसअनुरुप नेपाल ले सुरुमा ब्याटिङ त गर्यो तर ब्याटिङ निकै कमजोर देखियो ।
अफगानिस्तान का बलर सामु पुरै निरीह साबित भए नेपाल का ब्याट्सम्यान हरु जसको फलस्वरूप नेपाल ३८.३ ओवर मा अलआउट हुदै मात्र १ सय ३१ रन मा समिटियो
नेपाल ले पहिलो बिकेट नेपाल को स्कोर ६ रन हुँदा ओपनर रबि शाह लाई २ रन मा गुमायो । यसपछि रित गौतम लाई ६.२ ओवर भित्र टिम को स्कोर १६ रन हुदाँ दोस्रो बिकेट् का लागि १० रन मा उन लाई गुमाएको थियो । यसपछि क्रमश सन्दिप जोरा र पवन सराफ लाई नेपाल ले सुन्य रन मा गुमायो ।
सुरुवात देखि नै धर्माराएको ब्याटिङ मा अन्त तिर रोहित कुमार पौडेल ले ४९ रनको पारी खेले । यस्तै कप्तान आशिफ शेख ले २० रन र रासिद खान २९ ले रन को योगदान दिए पछि ईज्जत् भने नेपाल को जोगियो ।
अफगानिस्तान का लागि बलिग मा अज्जतुल्ला
ओमरजाई ले सर्वाधिक ४ बिकेट लिए । अब्दुल रहमान र कोइस अहमद ले समान २/२ बिकेट लिए भने नाबेद अहमद र मुराद ले १/१ बिकेट हात पारे ।
पहिलो खेलमा भारत सगँ विशाल अन्तर ले पराजित भएको नेपाल ले दोस्रो चरण पुग्न आज को खेल जित्नै पर्ने हुन्छ ।तर नेपाल को खेल हेर्दा समूह चरण बाटै बाहीरिने सम्भावना बढेर गएको छ ।