यु -१९ एसिया कप : आज नेपाल ले अफगानिस्तान को सामना गर्दै : नेपाल लाई जित्नै पर्ने दबाब
असोज १५ ,अनलाईन खेलखबर || बङ्लादेश मा जारी अन्डर नाईन्टिन एसिया कप को समूह चरण को दोस्रो खेल मा अहिले केही बेर पछि नेपाल ले अफगानिस्तान को सामना गर्दैछ ।
पहिलो खेल मा भारत सगँ विशाल रन अन्तर ले पराजित भएको नेपाल लाई दोस्रो चरण पुग्न आज को खेल आफ्नो पक्ष मा पार्नै पर्छ । यसको विकल्प नेपाली टिमलाई छ्रैन । यता पहिलो खेल मा युएई लाई पराजित गरेको अफगानिस्तान नेपाल लाई पराजित गर्दै दोस्रो चरण पुग्ने सोच का साथ मैदान उत्रिने छ ।
तुलनात्मक रुपमा र्राष्ट्रिय टोलि को स्तर धेरै माथी पुगिसकेको अफगानिस्तान को भने उमेर समूह मा त्यति उत्साहजनक भने छैन , पछिल्लो भारत को लखनउ मा भएको भारत “ए”र “बि ” ,अफगानिस्तान र नेपाल सम्मलित एकदिवसीय श्रीङ्खला मा नेपाल ले अफगानिस्तान विरुद्ध राम्रो प्रदशन गरेको थियो । जहाँ २ खेल मध्य १ मा जित १ मा हार निकालेको थियो ।
यसअर्थ मा पनि यी दुई बिचको खेल केही तुलनात्मक राम्रो हुने पक्कै छ ।
खेल बंगलादेश स्थित कृरा शिक्खा प्रोतिस्थान नम्बर ३ क्रिकेट मैदान मा नेपाली समय अनुसार पौने ९ बजे पछि सुरु हुनेछ ।
प्रतियोगिता मा नेपाल सहित भारत ,श्रीलंका ,पाकिस्तान , बङलादेश , अफगानिस्तान हङकङ र युएई ले प्रतियोगिता मा सहभागि जनाएका छ्न । नेपाल समूह ” ए ” मा भारत अफगानिस्तान र युएई सगै रहेको छ भने । समुह “बि ” मा बङ्लादेश ,पाकिस्तान , श्रीलंका र हङकङ रहेका छ्न ।
समुह को उत्कृष्ट दुई टोलि सेमिफाइनल पुग्नेछ्न ,सेमिफाइनल असोज १८ र १९ मा हुनेछ भने प्रतियोगिता को फाईनल असोज २१ मा हुनेछ ।
नेपाली टिम :- आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित कुमार पौडेल ,नन्दन यादब , रभी शाह, रित गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, रासिद खान ,भिम शार्की,तृतराज दास, सागर ढकाल,अरुन ऐरि, सुर्य तामाङ , सन्दिप जोरा