onlinekhelkhabar.com

Complete website for Nepali Sports News

टि-ट्वान्टी बिश्वकप छनोट प्रतियोगिता का लागि नेपाली टोलि को घोषणा : प्रदिप ऐरि र शरद को टिम मा कमब्याक

असोज १४ , अनलाईन खेलखबर || मलेसिया मा यहि आउदो अक्टोबर ३ देखि १२ तारिख सम्म हुन गईरहेको टि-२० बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता का लागि नेपाली क्रीकेट टोलि को घोषणा गरिएको छ ।

आईतवार नेपाली टिमको घोषणा आईसीसी प्रतिनिधि अमिनुल इशाल, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले गरेको हो ।

टोलि मा लामो समय पछि प्रदीप सिंह ऐरि ले कमब्याक गरेका छ्न । भने टिम मा मोहम्मद आरिफ शेख लाई पनि समाबेश गरिएको छ । नेपाल ले एकदिवसीय मान्यता पाए पछि नेदरल्यान्ड विरुद्ध पहिलो एकदिवसीय सिरिज का बेला ईन्जुरी भएका शरद ले पनि एसिया कप छनोट प्रतियोगिता पछि आफ्नो स्थान पक्का गरेका छ्न ।

१४ सदस्यीय टिममा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सोमपाल कामि , अनिल  शाह, विनोद भण्डारी, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने र शरद भेस्वाकर रहेका छन्। 

यस्तै प्रारम्भिक टिम मा रहेका दिपेश श्रेष्ठ, सुनिल धमला, सागर पुन र शहाब आलमलाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ ।


सन २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको उप-क्षेत्रिय छनोट प्रतियोगिता मा नेपाल सहित एसिया “बि” मा मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड ले सहभागि जनाउदै छ्न ।

यस उप-क्षेत्रबाट उत्कृष्ट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन् ।

एसियाली क्षेत्रिय छनोट प्रतियोगिताका लागि यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छ्नोट भईसकेका छ्न ।

यसरि पुर्बी र पश्चिमी क्षेत्रको छनोट बाट छानिएका ३/३ रास्ट ले फेरि अर्को छ्नोट प्रतियोगिता पार गर्नु पर्ने हुन्छ । छानिएका कुल ६ टिम हरु ले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन् । यहाँ बाट उत्कृष्ट २ टिम ले ग्लोबल छनोट प्रतियोगिता खेल्नेछ्न ।

बिश्वकप को अन्तिम छ्नोट ग्लोबल छनोट प्रतियोगिता मा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ बरियता मा रहेका रास्ट्र र विभिन्न क्षेत्रिय छनोट पार गरेर आएका ८ गरि कुल १४ टिम ले ग्लोबल छ्नोट प्रतियोगिता मा भाग लिने छ्न यहाँ बाट उत्कृष्ट ६ टिम ले अस्टेलिया बिश्वकप को टिकट पक्का गर्नेछ्न ।

नेपाली टोलि प्रतियोगिता खेल्न भोलि सोमबार अपरान्ह १ बजे मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

नेपाल को खेलतालिका

पहिलो खेल : म्यानमार विरुद्ध , अक्टोबर ३ (किनरारा ओभल)
दोस्रो खेल : मलेसिया विरुद्ध , अक्टोबर ६ (किनरारा ओभल)
तेस्रो खेल : थाइल्याण्ड विरुद्ध , अक्टोबर ७ (किनरारा ओभल)
चौथो खेल : भुटान विरुद्ध , अक्टोबर ९ (बायुमास ओभल)
पाँचौ खेल : चिन विरुद्ध , अक्टोबर १० (किनरारा ओभल)
छैठौं खेल : सिंगापुर विरुद्ध , अक्टोबर १२ (किनरारा ओभल)

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *