यी हुन पोखरा प्रिमियर लिग का सबैभन्दा महंगा ७ खेलाडी हरु
असोज १४ , अनलाईन खेलखबर || नेपाल को पर्यटकीय शहर पोखरा मा यहि कार्तिक ९ गते देखि २० सम्म हुन गईरहेको पोखरा प्रिमियर लिग को खेलाडी छनोट अक्सन मार्फत नेपाल का ७ खेलाडी हरु सर्बाधिक २ लाख ५० हजार मा टिम मा अनुबन्धित भएका छ्न ।
आज राजधानि स्थित होटेल साङ्ग्रिला मा भएको अक्सन मार्फत ७ खेलाडी प्रतियोगिता का महगाँ खेलाडी का रुपमा टिम मा अनुबन्धित भएका हुन ।
जसमा नेपाली र्राष्ट्रिय टोलि का कप्तान समेत रहेका पारश खडका को टिम चितवन् राईनोज ले ३ खेलाडी लाई लिएको हो ।
पछिल्लो समय नियमित र्राष्ट्रिय टोलि मा नियमित सदस्य बन्दै आएका आरिफ सेख लाई लिएको छ । उनलाई गोलाप्रथा मार्फत टिम ले लिएको हो सहभागी ६ टिम मध्य ५ टिम ले उन लाई उच्चतम बोली लगाएका थिए ।
यस्तै चितवन् ले नेपाल का तिब्रगती का बलर करन केसि लाई पनि टिम मा अनुबन्धित गर्यो । साथै अनिल कुमार शाह लाई पनि टिम मा लिएको छ । उनलाई प्रतियोगिता मा सहभागि जनाउने सबै ले लिने ईन्छा जाहेर गर्दै अक्सन को अन्तिम २ लाख ५० हजार लगाएका थिए । सबै टिम ले उच्चतम २ लाख ५० हजार बोली गलाएको भए पनि गोलाप्रर्था मार्फत चितवन भाग्यमानी रहदै आफ्नो टिम मा अनिल लाई सहभागि गराएको हो ।
यता पोखरा पल्टन शरद भेषावकर मार्की खेलाडी रहेको टिम ले नेपाली र्राष्ट्रिय टोलि बाट लामो समय खेलेका अनुभवी खेलाडी बिनोद भन्डारी र युवा खेलाडी रोहित कुमार पौडेल जुन र्राष्ट्रिय टोलि का हाल का सबैभन्दा कान्छा खेलाडी समेत हुन उनलाई पनि अक्सन को उच्चतम मूल्य २ लाख ५० हजार मा टिम पोखरा ले लिएको छ ।
यस्तै काठमाडौ रोयल्स र बुटवल ब्लास्टर ले १/१ खेलाडी उच्चतम मूल्य मा लियो । काठमाडौ ले र्राष्ट्रिय टोलि बाट लामो समय खेलिसकेका अनुभवी स्पिन बलर वसन्त रेग्मी लाई अनुबन्ध गर्यो । काठमाडौ को मार्की खेलाडी मा ज्ञानेन्द्र मल्ल मार्की खेलाडी रहेका छ्न । र सोमपाल कामी को टिम बुटवल ब्लास्टर ले भने सागर पुन लाई लिएको छ ।
अक्सन मा १ सय ७९ जना खेलाडी हरु को सहभागि रहेको थियो । अक्सन मार्फत विभिन्न ३ समूह बाट खेलाडी लाई टिम ले अनुबन्धित गर्न ब्यबस्था मिलाईएको थियो ।जसमा पहिलो क्याप्ड सिनियर जो र्राष्ट्रिय टिम बाट खेलिसकेका खेलाडी हरु थिए ।
यस्तै उमेर समूह बाट खेलिसकेका खेलाडी हरु क्याप्ड एज लेभलको शुचि मा थिए भने अन्तिम समूह अनक्याप्ड समुहमा भने नेपाली सिनियर राष्ट्रिय टोलि र उमेर समुहको टोलीबाट नखेलेका अन्य खेलाडीलाई समावेश गरिएको थियो ।
प्रतियोगितामा ६ वटा टीमहरु खेल्नेछन् । जसमा बुटवल ब्लास्टर, चितवन राइनोज, बिराटनगर टाइटन, धनगढ़ी ब्लूज, एक्सपर्ट धनगढ़ी ब्लूज, काठमाडौँ रोयल्स रहेका छन् ।
आयोजक का अनुसार पोखरा मा पहिलो पटक हुन गईरहेको पोखरा प्रिमियर लिग( पिपिएल ) लाई हाल सम्म कै सबैभन्दा ठूलो पुरस्कार राशि को प्रतियोगिता भनिएको छ । तर हाल सम्म कति हुने भन्ने बारे मा आयोजक ले अझै जानकारि गराएको भने छैन । यसअघि भने नेपाल मा एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) र धनगढी प्रिमियर लिग ( डिपिएल ) ले ठूलो पुरस्कार राशी राखेका थिए ।