बलियो भारत सगँ नेपाली युवा टोलि निरीह : नेपाल ठूलो अन्तरले पराजित
असोज १३ ,अनलाईन खेलखबर || आज देखि बङ्लादेश मा सुरु भएको अन्डर -नाईन्टिन एसिया कप को पहिलो खेल मा नेपाल चिरप्रतिद्द्न्दि भारत सगं १७१ रन ले पराजित भएको छ ।
आज बंगलादेशको कृरा शिक्खा प्रोतिस्थान नम्बर ३ क्रिकेट मैदानमा टस हारेर भारत ले पहिले ब्याटिङ गर्यो । जस अन्तर्गत निर्धारित पुरै ओवर खेल्दै ९ बिकेट को क्षतिमा ३ सय ४ रन बनाएको थियो ।
सुरुवात देखि नेपाली बलर माथी हाबी हुँदै दमदार ब्याटिङ भारत ले गर्यो । ओपनर यश राथोडले सर्बाधिक सतकिय पारि १०४ रन बनाए । ११३ बलको सामना गरेका उनले ८चौका र ५ छक्का को मद्धतमा उक्त रन बनाए।
त्यस्तै भारत का लागि प्रभ सिम्रन सिंहले आक्रमक पारी खेल् ८२ रन जोडे भने आयुष बडोनीले ३३ तथा देबदत्त पडिकाल ले ३० र मोहित जगरा ले २० रनको योगदान दिए ।
नेपालको लागि भिम सार्की ले सर्वाधिक ४ विकेट लिए । भने रसिद खानले २ तथा कमल सिंह ऐरी, सागर ढकाल र सन्दिप जोराले पनि आफ्नो नाममा १/१ विकेट दर्ता गराए ।
यसपछि ३ सय ५ रनको ठुलो बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको नेपाल ले भारतिय बलर सामु पुरै निरीह हुँदै मात्र ३६.५ ओवर भित्र अलआउट हुँदै १ सय ३३ रन बनायो । नेपाल का लागि कप्तान आसिफ शेख को २५ नै सर्बाधिक ठूलो स्कोर नेपाल को तर्फ बाट भयो भने रोहित पौडेल ले २४ रन र सन्दिप जोरा ले २० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोडन असफल भए पछि नेपाल बलियो भारत सगँ १७१ रन ले पराजित हुन पुग्यो ।
नेपाल को ब्याटिङ ध्वस्त गर्ने क्रम मा भारत का
सिद्धान्त देसाई र हर्ष त्यागी ले सर्बाधिक समान ३ /३ बिकेट हात पारे भने मोहित जगरा ले २ बिकेट हात पारे ।
नेपाल सहित भारत ,श्रीलंका ,पाकिस्तान , बङलादेश , अफगानिस्तान हङकङ र युएई ले प्रतियोगिता मा सहभागि जनाएका छ्न । नेपाल समूह ” ए ” मा भारत अफगानिस्तान र युएई सगै रहेको छ । भने समुह “बि ” मा बङ्लादेश ,पाकिस्तान , श्रीलंका र हङकङ रहेका छ्न ।
यहाँ बाट समुह चरणमा एक-अर्का संग सबैले सबैसंग १/१ खेल्नेछन्। समुह चरणमा सबै टिमले ३/३ वटा खेल खेलेपछि अंकतालिकामा दुवै समुह बाट उत्कृष्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछ ।
अब नेपाल ले समूह चरण को दोस्रो खेल मा सोमबार अफगानिस्तान सगँ खेल्नेछ । यदि उक्त खेल मा नेपाल ले जित निकालेको खन्ड मा र अन्तिम खेल युएई सगँ जितेमा नेपाल सेमिफाइनल पुग्नेछ । त्यसका लागि नेपाल को रनरेट सुधार हुँदै भारत ले पनि ३ खेल मा सत प्रतिशत नतिजा आफ्नो पक्षमा पार्नु पर्नेहुन्छ ।