onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सन्दिप लामिछाने बने एनसेल स्टार हम्बल हिरो

असोज १२ , अनलाईन खेलखबर || नेपाल को निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेल प्राइभेट लिमिटेड ले नेपाल का चर्चित क्रिकेटर सन्दिप लामिछाने लाई आफ्नो स्टार हम्बल हिरो को रुपमा आवद्ध गरेको छ ।

फोटो : सन्जिव पुरी / अनलाईन खेलखबर

राजधानि स्थित सिफल बाल मन्दिरको बाल संरक्षण गृहको परिसर मा एक कार्यक्रम गरि एनसेल ले सन्दिप लाई २ बर्ष को लागि सम्झौता गरेको हो ।

एनसेल ले यसबर्ष देखि देशलाई गर्ववान्वित गराउने , देश का विभिन्न क्षेत्र बाट केही चर्चित अनुहार लाई यस तरिका ले आवद्ध गर्ने भएको जानकारि समेत कार्यक्रम मा गरिएको थियो ।

स्टार हम्बल हिरो रचनात्मक कार्यक्रम को सन्दिप पहिलो हिरो भएका छ्न । यसपछि पनि बाकी देशका विभिन्न क्षेत्र मा देश का लागि योगदान गरेका अन्य ब्यक्तित्व लाई पनि क्रमश : समाबेश गरिने छ ।

एनसेल को पहिलो स्टार हम्बल हिरो बनेपछी एनसेल ले सुरु गरेको यस्तो कार्य ले देशमा रहेका प्रतिभालाई प्रेरणा तथा हौसला प्रदान मिल्ने हुदाँ यो पहल वास्तवमै सरहानिय रहको र यसले हामी सबैलाई आफ्नो सपना प्रति प्रतिबद्ध रहादै समाजमा केहि गर्ने उर्जा प्रदान गर्ने विश्वास मिल्ने यसरी सन्दिप ले आफ्नो भनाई राखेका थिए ।

यस्तै कार्यक्रम स्थल बाल मन्दिरको बाल संरक्षण गृहको परिसर मा सन्दिप ले त्यहाँ रहेका बाल बालिका सगँ भलाकुसारि समेत गरे भने उनी हरु सगँ क्रीकेट पनि खेल्दै त्यहाँ रहेका बालबालिका सगँ रमाईलो गरेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *