पोखरा प्रिमियर लिग को अक्सन यहि आउदो आईतवार हुँदै  : अक्सन मा  १७९ खेलाडिहरु को भाग्य निर्धारण हुने

पोखरा प्रिमियर लिग को अक्सन यहि आउदो आईतवार हुँदै : अक्सन मा १७९ खेलाडिहरु को भाग्य निर्धारण हुने

असोज १२ , अनलाईन खेलखबर || नेपाल को पर्यटकीय शहर पोखरा मा यहि कार्तिक ९ गते देखि २० सम्म हुन गईरहेको पोखरा प्रिमियर लिग को खेलाडी छनोट का लागि अक्सन यहि आउदो आईतवार हुने भएको छ ।

केही दिन अघि आयोजक ले खेलाडी लाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको थियो । जसबाट १ सय ७९ जना खेलाडी ले खेल्ने ईक्छा प्रकट गरेका छ्न ।

अक्सन मार्फत विभिन्न ३ समूह बाट खेलाडी लाई टिम ले अनुबन्धित गर्न सक्नेछ्न ।जस मध्य पहिलो समुह क्याप्ड सिनियरको सुचीमा नेपाली सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई राखिने छ। यस समुह अन्तर्गत पर्ने प्रत्येक खेलाडीको न्युनतम मुल्य ५० हजार रुपैयाँ रहनेछ भने अधिकतम मूल्य २ लाख ५० हजारसम्म रहने छ ।

यस्तै दोस्रो क्याप्ड एज लेभलको सुचिमा नेपाली टोलीबाट उमेर समूह बाट खेलेका खेलाडीहरु रहने छन्। यस समुहमा रहने खेलाडीको न्युनतम मूल्य ५० हजार बाट सुरु भएर अधिकतम मुल्य १ लाख ५० हजारसम्म पुग्नेछ ।

यस्तै अन्तिम समूह अनक्याप्ड समुहमा भने नेपाली सिनियर राष्ट्रिय टोलि र उमेर समुहको टोलीबाट नखेलेका अन्य खेलाडीलाई समावेश गरिएको छ। यस सुचिमा रहने खेलाडीको मूल्य न्युनतम ३० हजारबाट अधिकतम १ लाख रुपैयाँसम्म रहनेछ ।

आयोजक ले जानकारी गराए अनुसार अक्सन का लागि दर्ता गराएका १सय ७९ मध्य मा क्याप्ड सिनियरमा ३० जना ले दर्ता गराएका छ्न । क्याप्ड र एज लेभलमा ५७ जना र अनक्याप्ड खेलाडी को सुचीमा ९२ जना खेलाडी हरु ले आफ्नो नाम दर्ता गराएका छ्न ।

यसअघि बिहिवार राजधानी मा पत्रकार सम्मेलन गरि आयोजक क्विन्स इभेन्टस म्यानेजमेन्ट प्राली ले प्रतियोगिता मा सहभागि जनाउने टिम को नाम , टिमका मालिक हरु त्यस्तै टिम का मुख्य रणनितिक खेलाडी हरु लाई सार्बजनिक गरि सकेको थियो ।

प्रतियोगिता मा देश का मुख्य ६ सहर को नाम मा फ्रेन्चाइज टिम बनाएको छ । जसमा हुलास काठमाडौं रोयल्स, पोखरा पल्टन, चितवन राइनोज्, बुटवल ब्लास्टर, इक्सर्ट धनगढी ब्लूज र विराटनगर टाइटेन्स रहेका छ्न ।


सहभागी जनाउने ६ टिम मा चितवन राईनोज को नेपाली र्राष्ट्रिय क्रीकेट टोलि का कप्तान पारस खड्का मार्की खेलाडी भएका छ्न । यस्तै नेपाली र्राष्ट्रिय क्रीकेट टोलि का उप -कप्तान ज्ञानेन्द्र मल्ल हुलास काठमाडौ रोयल्स को मार्की खेलाडी घोषित भएका छ्न ।यस्तै पोखरा पल्टन को सरद भेषावकर , बुटवल ब्लास्टर को सोमपाल कामी , इक्सर्ट धनगढी ब्लूज को दिपेन्द्र सिँह एरि र विराटनगर टाइटेन्स का लागि सन्दिप लामिछाने मार्की खेलाडी भएका छ्न ।

यस्तै टिम को स्वामित्व अर्थात टिम मालिक का रुपमा चितवन राईनोज मा युवा ब्यबसायी राहुल महरा को टिम रहेको छ । बिराटनगर टाइटेन्स का टिम मालिक पुर्ब क्रीकेटर तथा ब्यबसायी पारस लुतिया सहित को टिम रहेको छ । भने बुटवल ब्लाटर को रामबहादुर बिस्ट सहित को युवा ब्यबसायी को समूह रहेको छ । अर्को टिम पोखरा पल्टन को मालिक ब्यबसायी बिनायक पोखरेल सहित को टिम रहेको छ । भने धनगढि को मालिक का रुपमा एक्पर्ट एजुकेशन एन्ड भिषा सर्भिसेज का सन्जिव सर्मा रहेका छन । यस्तै राज्य लक्ष्मि गोल्छा हुलास काठमाडौ रोयल्स का मालिक रहेका छ्न ।

प्रतियोगिता मा सहभागि ६ टिम हरु ले अक्सन मार्फत १० जना खेलाडि लिनेछ्न । यस बाहेक मार्की खेलाडी , २ बिदेशी र २ स्थानिय खेलाडी लाई समाबेश अनिवार्य गर्नु पर्नेछ ।

अक्सन कार्यक्रम राजधानि स्थित होटल सांग्रिला लाजिम्पाटमा आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *