अफगानिस्तान सगँ बराबरी खेल्दै भारत एसिया कप को फाईनल प्रबेश
असोज १० , अनलाईन खेलखबर || यस अघि नै प्रतियोगिता को सुपर फोर बाटै बाहिरी सकेको अफगानिस्तान सगँ बराबरी खेल्दै युएई मा जारी एसिया कप मा भारत फाईनल पुगेको छ ।
अफगानिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको भारतले ४९ .५ ओवर मा अलआउट हुँदै २५२ रन बनाए पछि खेल बराबरी मा सकिएको थियो ।
भारत का लागि ओपनरद्वय केएल राहुल र अम्बाती रायडुले १७ दशमलब एक ओभरमा पहिलो विकेटका लागि ११० रन जोड्दै भारत का लागि राम्रो शुरुवात दिलाएका थिए । जसमा रायडुले ४९ बलमा ५७ रन जोडे । यस्तै राहुल ले सर्बाधिक ६० रन को योगदान गरे ।
यस्तै दिनेश कार्तिक ले ४४ रन , रबिन्द्र जडेजा ले २५ केदार जादब ले १९ रन को पारि खेले ।
अन्तिम ओभरमा जितका लागि सात रन चाहिएको अवस्थामा पहिलो बल डट खेलेता पनि दोश्रो बलमा चार रन लिंदै रबिन्द्र जडेजाले भारतलाई जित नजिक पुऱ्याएका थिए । त्यस पछिका दुई बलमा जडेजा र खलिल अहमदले एक एक रन जोड्दै स्कोर बराबरीमा पुऱ्याए । तर दुई बलमा जितका लागि एक रनको अवस्थामा रसिद खानले जडेजालाई आफ्नो शिकार बनाएर र खेल बराबरीमा रोक्न सफल भए।
खेललाई बराबरीमा रोक्ने क्रममा अफगानिस्तानका अफ्ताब आलम, मोहमद नाबी र रसिद खानले समान २/२ विकेट लिएका थिए ।
यसअघि दुबई अन्तर्राष्ट्रिय रंगशाला मा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ले निर्धारित ५० ओवर पुरै खेल्दै ८ बिकेट्को क्षती मा २ सय ५२ रनको योगफल खडा गरेको थियो । जसमा मोहम्मद शाहजाद को सतकिय १२४ रनको पारी महत्त्वपूर्ण रह्यो । निकै आक्रमक शैली मा प्रस्तुत भएका उनले ११ चौका र ७ छ्क्का प्रहार गरे ।
यस्तै अफगानिस्तान लाई सम्मानजनक स्कोर तर्फ पुर्याउन मोहम्मद नाबी को ६४ रन को पारी पनि महत्त्वपूर्ण रहयो । यस्तै अफगानिस्तान का लागि नाजिबुल्ला जार्दन ले २० तथा रासिद खान ले १२ रन को योगदान गरे ।
बलिग तर्फ भने भारत का रबिन्द्र जडेजा ले सर्बाधिक ३ बिकेट चटकाए भने कुलदिप यादब ले २ तथा केदार जादब , चाहाल र खलिल अहमद ले समान १/१ बिकेट लिन सफल भए ।
बराबरी सगैँ भारत अंकतालिका मा ५ अंक सहित प्रतियोगिता को फाईनल पुगेको छ ।अब भारत ले आज हुने पाकिस्तान र बङ्लादेश को बिजेता टिम सगँ शुक्रबार फाईनल खेल्नेछ ।