
आसिफ शेख को कप्तानी मा एसिया कप का लागि नेपाली युवा क्रीकेट टोली को घोषणा
असोज ९ , अनलाईन खेलखबर || यहि आउदो असोज १३ देखि २१ गते सम्म बङलादेश मा हुने अन्डर १९ एसिया कप प्रतियोगिता को लागि नेपाली युवा क्रीकेट टोलि को घोषणा गरिएको छ ।
मङ्गलबार यु-१९ टिमका मुख्य प्रशिक्षक बिनोद दास, सुनोज भट्टराई र राजु खड्का सम्मेलित चयन समितिले आसिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलिको घोषणा गरेको हो ।
केही दिन अगाडि भारत को लखनउ मा गएर भारत को “ए ” “बि” र अफगानिस्तान सगँ एकदिवसीय सिरिज खेल्दा का सम्साद आलम बिपिन रावल, किशोर महतो र लोकेस बम लाई भने समाबेश गरिएको छैन ।
भने सिरिज मा टोलिमा नभएका तर पछिल्लो समय र्राष्ट्रिय टोलि बाट पनि नियमित सदस्य का रुप मा रहदै आएका रोहित कुमार पौडेल लाई टिम मा बोलाईएको छ । यस्तै नन्दन यादब, सुर्य तामाङ र रबिन्द्र जंग शाही लाई टिम मा समाबेश गरिएको छ ।
नेपाल सहित भारत ,श्रीलंका ,पाकिस्तान , बङलादेश , अफगानिस्तान हङकङ र युएई ले प्रतियोगिता मा सहभागि जनाउने छ्न । नेपाल समूह ” ए ” मा भारत अफगानिस्तान र युएई सगै रहेको छ भने । समुह “बि ” मा बङ्लादेश ,पाकिस्तान , श्रीलंका र हङकङ रहेका छ्न ।
खेल तालिका अनुसार नेपाल ले पहिलो खेल प्रतियोगिता सुरु हुने दिन असोज १३ गते भारत बिरुद्ध खेल्दै प्रतियोगिता को सुरुवार गर्नेछ । यस्तै नेपाल ले दोस्रो खेल असोज १५ गते अफगानिस्तान सगँ खेल्नेछ भने समूह को अन्तिम खेल असोज १६ गते युएई विरुद्ध खेल्नेछ ।
समुह को उत्कृष्ट दुई टोलि सेमिफाइनल पुग्नेछ्न ,सेमिफाइनल असोज १८ र १९ मा हुनेछ भने प्रतियोगिता को फाईनल असोज २१ मा हुनेछ ।
नेपाली युवा क्रीकेट टिम :- आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित कुमार पौडेल ,नन्दन यादब , रभी शाह, रित गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, रासिद खान ,भिम शार्की,तृतराज दास, सागर ढकाल,अरुन ऐरि, सुर्य तामाङ , सन्दिप जोरा