युएई मा हुने टि-१० लिग का लागी सन्दिप ठुलो  रकम सहित अनुबन्धित

युएई मा हुने टि-१० लिग का लागी सन्दिप ठुलो रकम सहित अनुबन्धित

असोज ९ , अनलाईन खेलखबर || युएई मा यहि आउदो नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म हुने टि – १० लिग प्रतियोगिता का लागि नेपाल का सन्दिप लामिछाने अनुबन्धित भएका छ्न ।

सोमबार युएई मा भएको कार्यक्रम बाट केरला किंग्सले ड्राफ्ट मार्फत उनलाई लिएको छ । उनलाई ३० हजार डलर मा केरला ले लिएको बताईएको छ । पहिलो संस्करण सफलता का साथ आयोजना भएको यस प्रतियोगिता आफै मा टि – १० अर्थात १० ओवर को खेल जुन आधिकारिक रुपमा नयाँ र पहिलो अबधारणा हो ।

सन्दिप खेल्ने केरला किंग्स जुन डिफेन्डिङ च्याम्पियन समेत हो जसमा सन्दिप सहित बिश्व चर्चित वेस्ट ईन्डिज का क्रिस गेल पनि रहेका छ्न । यस्तै किरण पोलाड , टम कुरान , जुनैद खान, सोहेल तन्बिर, पल स्टरलिङ्ग , दासुन शना जस्ता खेलाडीहरु रहेका छन् । भने टिम को कप्तानी इंग्ल्याण्ड का अवेन मोर्गन ले गर्नेछ्न ।

पहिलो संस्करण मा ६ टिम खेलाईएको भएपनी यसपटक बाट कुल ८ टिम सहभागी जनाउने छ्न । प्रतियोगिता का लागि केरला किग्स सहित पन्जावि लेजेन्डस , मराठा अरबियन्स, पाख्तुन्स, कराचि यन्स, बङ्गाल टाइगर्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्। केरला किंग्सको आइकन मोर्गन रहेका छ्न । भने पख्तुन्सको शहिद अफ्रिदी , मराठाको राशिद खान, पन्जाबीको शोयब मलिक , कराचियन्सको शेन वाटसनले, बेङ्गालको सुनिल नारायण, नर्थर्न वारियर्सको ड्यारेन स्यामी तथा राजपुत्सको ब्रेन्डन म्याकलम आईकन रहेका छ्न ।

दिल्ली बाट पहिलो पटक बिश्वको सबैभन्दा ठूलो लिग ईन्डियन प्रिमियर लिग खेलेका सन्दिप ले यसपछि भने क्रमश विभिन्न देशका अन्य लिग हरु खेल्ने क्रम रोकिएको छैन । पछिल्लो पटक निकै ब्यस्त बन्दै आएका सन्दिप भखरै पहिलो पटक हुन गईरहेको अफगानिस्तान प्रिमियर लिग ( एपिएल ) मा पनि १५ हजार डलर सहित अनुबन्धित भएका छ्न ।

आईपिएल मा छनोट भएर उत्कृष्ट प्रदशन गरेपछी बिश्वको ध्यान सन्दिप मै गएको देखिन्छ । यसपछि उनी क्रमश विभिन्न लिग मा अनुबन्धित हुने क्रम जारी छ । आईपिएल पछि उनी क्यारेबियन प्रिमियर लिग( सिपिएल ) क्यानडा मा भएको ग्लोबल टि-२० लिग पनि खेले ।

केही दिन अगाडि बिश्वको चर्चित अनलाईन बेव क्रिकइन्फोको ‘ द क्रिकेट मन्थ्ली ले प्रकाशित गरेको अनलाईन संस्करण अनुसार उनि सन्दिप छोटो समयमा नै धेरै देशमा खेल्ने क्रिकेटर को रुप मा बिश्व सुचि मा समेत समाबेश भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *