रोमाञ्चक खेल मा बङ्लादेश सगँ पराजित भए पछि अफगानिस्तान सुपर फोर बाटै  बाहिरियो

रोमाञ्चक खेल मा बङ्लादेश सगँ पराजित भए पछि अफगानिस्तान सुपर फोर बाटै बाहिरियो

असोज ८ , अनलाईन खेलखबर || युएई मा जारी एसिया कप को सुपर फोर अन्तर्गत आईतवार राती सप्पन्न बङलादेश र अफगानिस्तान बिचको रोमाञ्चक बनेको खेल मा बङलादेश ले अफगानिस्तान माथी ३ रन ले बिजयी हासिल गरेको छ ।

फोटो -एसिसि

निकै रोमान्चित बनेको खेल मा अन्तिम ओवर मा ८ रनको चाहिएको अवस्थामा तिब्र गतिका बलर मुस्तफिजुर रहमानले ४ रन मात्र दिएपछि बङ्गलादेशले अफगानिस्तानलाई ३ रनको झिनो अन्तरले पराजित गरेको हो ।

 शेख जायद रंगशाला आबुदाबी मा टस जितेर पहिले ब्याटिङ गरेको बङलादेश ले पुरै निर्धारित ५० ओवर खेल्दै ७ बिकेट गुमाएर २ सय ४९ रन बनाएको थियो । बङ्लादेश का लागि ममुदुल्ला ले सर्बाधिक ७४ रन बनाए यस्तै ईमरुल कोयस ले ७२ रनको पारी खेले भने लिटोन दास ले ४१ रन , र रहिम ले ३३ रनको योगदान टिमलाई गरेका थिए ।

बलिग तर्फ अफगानिस्तान का लागि अफताब आलम ले ३ बिकेट , रासिद खान र मुजिव रहमान ले १/१ बिकेट लिएका थिए ।

२ सय ५० रनको बिजयी लक्ष्य पछयाउदै जवाफि ब्याटिङ गरेको अफगानिस्तान ले खेल लाई जित नजिक लगेपनि अन्तिम ओवर मा बङ्लादेश का बलर मुस्तफिजुर रहमानले उत्कृष्ट बलिग गरेपछी अफगानिस्तान निराश बन्न पुग्यो ।

अफगानिस्तान ले निर्धारित पुरै ५० ओवर खेल्दै २ सय ४६ रन भित्र समिटियो । अफगानिस्तान का लागि मोहम्मद सहजाद ले सर्बाधिक अर्धसतकीय ५३ रनको पारि खेले । यस्तै असफर अफगान ले ३९ रन , मोहम्मद नाबी ले ३८ रन र सनिउल्ला सेनवारिले २३ रन को पारी खेलेका थिए ।

बलिग तर्फ बङलादेश का मुस्तफिजुर रहमान र मसरफे मुर्तजा ले समान २/२ बिकेट लिए भने सकिव उल हसन र ममिउल्ला को नाम मा १/१ बिकेट हात प्रयो ।

यो हार सगैँ अफगानिस्तान को फाईनल पुग्ने चाहाना अधुरो हुन पुगेको छ भने बङलादेश को भने सम्भावना अझै जिबित नै छ । यदि बुधबार पाकिस्तान विरुद्ध बाङ्लादेश ले राम्रो खेल्दै बिजयी हासिल गर्छ भने बङ्लादेश फाईनल यात्रा तय गर्न सफल हुनेछ । अब अफगानिस्तान ले अन्तिम खेल मा फाईनल नजिक रहेको भारत सगँ यहि आउदो मङ्गलबार भिडने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *