ओपनरद्वय रोहित र धवन को शतकिय पारी को मद्दत मा पाकिस्तान माथी भारतको शानदार जित
असोज ८ , अनलाईन खेलखबर || युएई मा जारी एसिया कप को सुपर फोर अन्तर्गत आईतवार राती सप्पन्न भारत र पाकिस्तान बिच को खेल मा भारत ९ बिकेट ले बिजयी भएको छ ।
सुपर फोर को तेस्रो खेल मा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तान ले निर्धारित पुरै ५० ओ वर खेल्दै ७ बिकेट गुमाएर २ सय ३७ रन बनाएको थियो ।
पाकिस्तान लाई २३७ रन बनाउन सोएब मलिक ले सर्बाधिक ७८ रन बनाए । उनले ९० बलको सामना गर्दै ४ चौका र २ छ्क्का समेत प्रहार गरे यस्तै पाकिस्तान का लागि सर्फराज अहमद ले ४४ रन को पारी खेल्दा फकर जमान ले ३१ रन को योगदान गरे । साथै असिफ अलि ले ३० तथा मोहम्मद नवाज ले १५ र ममुदुल्ला र सादब खान ले समान १०/१० रन को योगदान टिम लाई दिएका थिए ।
बलिग तर्फ जसपृत बुमराह , युजभेन्द्र चाहाल र कुलदिप यादब ले समान २/२ बिकेट हात पारे ।
२ सय ३८ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको भारत ले उत्कृष्ट खेल देखाउदै ३९.३ ओवर भित्र मात्र १ बिकेट गुमाएर लक्ष्य भेटायो । २१० रन हुदाँ पहिलो बिकेट का रुपमा ओपनर सिखर धवन लाई गुमाएको थियो । उनले सतकिय ११४ रनको पारी खेले १६ चौका र २ छ्क्का समेत उनले प्रहार गरे । यस्तै भारत लाई शानदार जित दिलाउन कप्तान रोहित सर्मा ले पनि अबिजित रहदै सतकिय १११ रन बनाए भने अ्म्बैतु रायुडु पनि १२ रन मा अबिजित रहदै टिमलाई शानदार जित दिलाए ।
भारत सामु पाकिस्तान को यस प्रतियोगिता मा यो लगातार दोस्रो हार हो । यसअघि समुह चरण को खेल मा पनि भारत ले पाकिस्तान लाई शानदार तरिका बाट ८ बिकेट ले पराजित गरेको छ ।
अब भारत लगातार दुई खेल मा बिजयी हुँदै प्रतियोगिता को फाईनल प्रबेश नजिक पुगेको छ । अब सुपर फोर अन्तर्गत प्रतियोगिता बाटै बाहिरिसकेको अफगानिस्तान सगँ मङगलबार खेल्नेछ । भने पाकिस्तान को सम्भावना अझै जिबित नै रहेको यदि बुधबार हुने खेल मा पाकिस्तान ले बङलादेश लाई हराएको खन्ड मा पाकिस्तान ले पनि फाईनल यात्रा तय गर्नेछ ।