onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिप धेरै देशमा खेल्ने क्रिकेटरको सूचीमा पर्न सफल

असोज ६ , अनलाईन खेलखबर || बिश्वको चर्चित अनलाईन क्रिकइन्फोको ‘ द क्रिकेट मन्थ्ली ले प्रकाशित गरेको अनलाईन संस्करण अनुसार नेपालका सन्दिप लामिछाने ले छोटो समयमा नै धेरै देशमा खेल्ने क्रिकेटर को रुप मा बिश्व सुचि मा परेका छ्न ।

अहिले ग्लोबल आईकन बनि सकेका नेपाली युवा खेलाडी पछिल्लो बिश्वको सबैभन्दा ठूलो क्रीकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपिएल ) मा दिल्ली डेयरडेभिल्स बाट खेलेका थिए । आईपिएल मा उत्कृष्ट छाप छोडन सफल भए पछि अहिले सन्दिप निकै ब्यस्त बनेका छ्न ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल ) र ग्लोबल टि -२० मा सन्दिप ले आफ्नो कला देखाईसकेका छ्न । भने भखरै पहिलो पटक हुन लागेको अफगानिस्तान प्रिमियर लिग ( एपिएल ) मा पनि उनि अनुबन्धित भएका छ्न । उनलाई नङराहार टोलीले १५ हजार डलर मा छनोट गरेको छ ।

धेरै देशमा क्रिकेट खेल्ने क्रिकेटरहरुबारे चर्चा गरिएको उक्त सुचिमा अफगानिस्तान का मोहम्मद नाबी र रसिद खान शीर्ष स्थानमा छन् । दुबैले अहिलेसम्म १० देशमा खेलेका छन् ।

सुचिमा सन्दिप सहित समान पाकिस्तानका शोएब मल्लिक र शादाब खान र बंगलादेशका तमिम इकबाले ९-९ देशमा टी-२० खेलेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्