भारत ले बङलादेश माथी सहज जित निकाल्दा : अफगानिस्तान विरुद्ध भने पाकिस्तान को रोमाञ्चक जित

भारत ले बङलादेश माथी सहज जित निकाल्दा : अफगानिस्तान विरुद्ध भने पाकिस्तान को रोमाञ्चक जित

भदौ ६ , अनलाईन खेल खबर || युएई मा जारी एसिया कप अन्तर्गत शुक्रबार राती सुपर फोर को पहिलो र दोस्रो खेल सप्पन्न भएका छ्न ।

पहिलो खेल भारत र बङ्लादेश बिच को खेल मा भारत ले बङ्लादेश माथी सहज जित हालिल गर्दा दोस्रो खेल मा पाकिस्तान ले अफगानिस्तान लाई भने रोमाञ्चक खेल मा बिजयी हासिल गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय रंगशाला मा टस हारेर पहिले ब्याटिङ गरेको बङ्लादेश ले ४९.१ ओवर मा अलआउट हुदै मात्र १ सय ७३ रन बनायो । निकै सामान्य लक्ष्य प्रस्तुत गर्ने क्रम मा बङलादेश का मेहदि हसन ले सर्बाधिक ४२ रन को पारी खेले उनले ५० बलको सामना गर्दै २ चौका र २ छ्क्का समेत प्रहार गरे । यस्तै कप्तान मुर्तजा ले २६ रन र ममुदुल्ला ले २५ रन को योगदान टिमलाई दिएका थिए ।

बङलादेश लाई कम स्कोर मै समेटन रबिन्द्र जडेजा ले ४ बिकेट लिए साथै भुबेनेस्वर कुमार र बुमराह ले समान ३/३ बिकेट हात पारेका थिए ।

यसपछि १ सय ७४ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको भारत ले ३६.२ ओवर मा मात्र ३ बिकेट गुमाएर लक्ष्य भेटायो । भारत लाई जित दिलाउन कप्तान रोहित सर्मा ले ८३ रनको अबिजित पारी खेले उनले १०४ बलको सामना गर्दै ५ चौका र ३ छ्क्का समेत प्रहार गर्दै उक्त रन बनाएका थिए । यस्तै भारत लाई शिखर धवन ले ४० रन , महेन्द्र सिँह धोनी ले ३३ रन र रायुडु ले १३ रन को योगदान गर्दै वङ्लादेश माथि सहज जित दिलाउँन योगदान पुर्याए ।

यस्तै सुपर फोर को दोस्रो खेल मा रोमाञ्चक बनेको खेल मा अफगानिस्तान माथी पाकिस्तान ले ३ बिकेट को जित हासिल गरेको छ ।

खेल मा शेख जायद रंगशाला आबुदाबी मा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ले निर्धारित पुरै ५० ओवर खेल्दै ६ बिकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।

अफगानिस्तान का लागि हस्स्म्तुल्ला शाहिदी ले ले सर्वाधिक ९७ रन को पारी खेलेका थिए । यस्तै अफगानिस्तान का लागि असघर अफ्गान ले ६७ रन को पारी खेल्दा रहमत शाह ले ३६ रन र मोहम्मद शाह्जाद ले २० रन को महत्त्वपूर्ण पारी खेल्दै टिम लाई ठूलो स्कोर तर्फ लगेका थिए ।

यता बलिग तर्फ पाकिस्तान का लागि शाहिन अफ़्रिदि र मोहम्मद नवाज ले समान ३/३ बिकेट लिदाँ हसन अलि ले १ बिकेट लिन सफल भए ।

२ सय ५८ रन को बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको पाकिस्तान ले रोमाञ्चक बनेको खेल मा अन्तिम ३ बल बाकि रहदा ७ बिकेट गुमाएर लक्ष्य पूरा गर्यो । शोएब मलिकले अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा आफताब आलमलाई एक छक्का र एक चौका प्रहार गरेपछि पाकिस्तानले अफगानिस्तान माथि रोमाञ्चक जित हासिल गरेको हो ।

रोमाञ्चक खेल मा जित दिलाउन पाकिस्तान का लागि ईमामुल हक ले ८० रन को पारी खेले। यस्तै बाबर आजम ले ६६ रन र शोएब मलिक ले ५१ रन को पारि खेलेपछी अफगानिस्तान का स्पिन बलर को दवदबा माथी जित हासिल पाकिस्तान ले गर्यो

बलिग तर्फ अफगानिस्तान का रासिद खान ले ३ र मुजिव रह मान ले २ बिकेट लिए भने गुलबदिन नाईव ले १ बिकेट लिन सफल भए ।

अब प्रतियोगिता को सुपर फोर अन्तर्गत आईतवार पनि दुई खेल हुदैछ । पहिलो मा भारत ले पाकिस्तान को सामना गर्नेछ भने अर्को खेल मा अफगानिस्तान ले बङलादेश को सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *