टि-ट्वान्टी बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता का लागि नेपाल को प्रारम्भिक टिमको घोषणा
असोज २ , अनलाईन खेलखबर || मलेसिया मा यहि आउदो अक्टोबर ३ देखि १२ तारिख सम्म हुन गईरहेको टि-२० बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता का लागि नेपाल को प्रारम्भिक टोलि को घोषणा गरिएको छ ।
मङ्गलबार प्रारम्भिक टिमको घोषणा आईसीसी प्रतिनिधि अमिनुल इशाल, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले गरेको हो ।
कप्तान पारस खड्का को कप्तानी मा १८ सदस्यीय टोलि मा ज्ञानेन्द्र मल्ल , सोमपाल कामी , अनिल साह , बसन्त रेग्मी ,बिनोद भण्डारी, दिपेन्द्र ऐरि, दिपेश श्रेष्ठ, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि , सागर पुन, सन्दिप लामिछाने, शाहब आलम , शरद भेसावकर, सुनिल धमला रहेका छ्न ।
सार्बजनिक गरिएको खेलाडी हरु मा पछिल्लो समय नियमित सदस्य बन्दै आएका युवा खेलाडी रोहित कुमार लाई भने समाबेश गरिएको छैन उनि यहि आउदो असोज १३ देखि २१ गते सम्म बङलादेश मा हुने अन्डर १९ एसिया कप प्रतियोगिता लागि खेल्नेछ्न ।
भने नेदरल्यान्ड विरुद्ध पहिलो एतिहासिक एकदिवसीय सिरिज का क्रम मा चोटिल हुन पुगेका सरद भेषावकर ले एसिया कप छ्नोट प्रतियोगिता गुमाएका उनले अन्तिम १८ मा स्थान सुरक्षीत गरेका छ्न ।
सन २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको उप-क्षेत्रिय छनोट प्रतियोगिता मा नेपाल सहित एसिया “बि” मा मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड ले सहभागि जनाउदै छ्न । यस उप-क्षेत्रबाट उत्कृष्ट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन् ।
एसियाली क्षेत्रिय छनोट प्रतियोगिताका लागि यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छ्नोट भईसकेका छ्न ।
यसरि पुर्बी र पश्चिमी क्षेत्रको छनोट बाट छानिएका ३/३ रास्ट ले फेरि अर्को छ्नोट प्रतियोगिता पार गर्नु पर्ने हुन्छ । छानिएका कुल ६ टिम हरु ले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन् । यहाँ बाट उत्कृष्ट २ टिम ले ग्लोबल छनोट प्रतियोगिता खेल्नेछ्न ।
बिश्वकप को अन्तिम छ्नोट ग्लोबल छनोट प्रतियोगिता मा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ बरियता मा रहेका रास्ट्र र विभिन्न क्षेत्रिय छनोट पार गरेर आएका ८ गरि कुल १४ टिम ले ग्लोबल छ्नोट प्रतियोगिता मा भाग लिने छ्न यहाँ बाट उत्कृष्ट ६ टिम ले अस्टेलिया बिश्वकप को टिकट पक्का गर्नेछ्न ।