ब्याटिङ नचल्दा नेपाल यु -१९ अफगानिस्तान सगँ पराजित
असोज २ , अनलाईन खेलखबर || भारत को लखनउ मा भएको चौकोणिय यु -१९ एकदिवसीय श्रीखंला को तेस्रो स्थान का लागि भएको खेल मा नेपाल अफगानिस्तान सगँ ७१ रन ले पराजित हुन पुगेको छ ।
२ सय ४५ रनको बिजयी लक्ष्य पछ्याउदै जबाफि ब्याटिङ मा उत्रिएको नेपाल ४५ ओबर मा मात्र १ सय ७३ रन बनाउदै अलआउट भएको थियो ।
पहिलो बिकेट को रुपमा रित गौतम लाई ईनिग को ६.५ ओवर मै टिम को स्कोर २५ हुदाँ गुमाएको नेपाल ले कुनै ब्याट्सम्यान ले लामो पारी खेल्न नसक्दा औषत ब्याटिङ का कारण नेपाल अफगानिस्तान सगँ पराजित हुन पुग्यो । नेपाल का लागि सर्बाधिक लोकेश बाम र कप्तान आसिफ शेख ले समान २५ रन बनाए भने रित गौतम १४ रन , अरुन एरि २४ रन , पवन सराफ २३ रन , सन्दिप जोरा १८ रन , भिम सार्की ले १६ रन , कमल सिह एरि ले ११ रन बनाएका थिए ।
यसअघि एकना अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला मा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ले निर्धारित ५० ओवर पुरै खेल्दै २ सय ४४ रन को बिशाल योगफल खडा गरेको थियो । अफगानिस्तान का रेयाज हसन को अबिजित सतकिय पारि को मद्धत मा अफगानिस्तान ले ठूलो लक्ष्य खडा गरेको हो ।
रियाज ले १४९ बलको सामना गर्दै १२ चौका र २ छ्क्का प्रहार गर्दै ११७ रनको योगदान टिम लाई दिए । ९.३ ओवर मा टिम को स्कोर ४० हुदाँ सादिकउल्ला अत्तल लाई १३ रन मा गुमाएको अफगानिस्तान ले दोस्रो बिकेट का रुपमा ईनिग को १७.१ ओवर मा कप्तान ईजाज अहमद लाई १९ रन रन मा गुमाएको थियो यो अवस्था सम्म टिम ले ७६ रन बनाईसकेको अबस्था थियो ।
सुरुवात देखि नै राम्रो लय मा देखिएको अफगानिस्तान का लागि बसिर खान ले ३२ रन , आरिफ खान ले २४ रन र सुलिमान अराबजाई ले १४ रन को योगदान पुर्याएका थिए ।
बलिग तर्फ नेपालका पवन सराफ , सागर ढकाल र मोहम्मद सम्साद आलम ले समान २/२ बिकेट हात पारे भने रासिद खान ले समेत १ बिकेट लिएका थिए ।
श्रीङ्खला को तेस्रो खेल मा नेपाल ले अफगानिस्तान लाई २५ रन ले पराजित गरेको गरेको भए पनि तेस्रो स्थान मा त्यो हार को बदला अफगानिस्तान ले दिएको छ ।
अब नेपाल ले भारत र अफगानिस्तान सगैँ आउदो असोज १३ देखि २१ गते सम्म बङलादेश मा हुने अन्डर १९ एसिया कप प्रतियोगिता खेल्नेछ ।