असोज ११ देखी रौतहट प्रिमियर लिग हुदै : बिजेता ले ३ लाख ५० हजार पाउने
असोज १, अनलाईन खेलखबर || रौतहट मा रहेका प्रतिभावान खेलाडीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलीसकेका खेलाडीहरु सगँ खेल्ने मौका प्रदान गर्ने मुख्य उदेश्य का साथ यहि आउदो असोज ११ देखि २० सम्म
रौतहटको गरुडामा रौतहटमा रौतहट प्रिमियर लिग ( आरपीएल ) हुने भएको छ ।
आईतवार राजधानि मा पत्रकार सम्मेलन गरि आयोजक ओमेगा स्कुल, कुमारीपाटि ललितपुर ले जानकारि गराएको थियो । रौतहटको गरुडा स्थित श्री सुगर मिल खेल मैदानमा हुने प्रतियोगिताका मा कुल १२ टिम को सहभागिता रहने बताईएको छ ।
प्रतियोगिता को बिजेता ले नगद ३ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात प्राप्त गर्ने छ्न भने उपविजेताले नगद १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ्न ।
प्रतियोगिता मा सहभागि जनाउने कुल १२ टिम लाई ४ समुहमा विभाजन गरि समूह बिभाजन गरिएको छ । समूह “ए ” मा ओमेगा कलेज, धनगढी क्रिकेट एकेडेमी र रौतहट-११ रहेका छन्। भने समुह ‘बि’ मा नेपाल पुलिस क्लब, महाकाली क्रिकेट क्लब र लायन्स युवा क्लब रहेका छन् । यस्तै समुह ‘सी’ मा ओएसिस क्रिकेट एकेडेमी, नेपाल क्रिकेट स्कुल र मालपोखरी क्रिकेट क्लब रहेका छन् । र समुह ‘डी’ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र गाडीमाई क्रिकेट क्लब रहेका छन् ।
आयोजक को जानकारि अनुसार समुह चरणबाट प्रत्येक समुहका शिर्ष दुई टोलि अर्को चरणमा पुग्ने छ्न । यता प्रतियोगिता को प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित ट्रफी प्रदान गरिने भएको छ । प्रतियोगिता को उत्कृस्ट खेलाडीले नगद २५ हजार सहित ट्रफी र प्रमाण पत्र दिईने छ साथै उत्कृष्ट ब्याट्सम्यान, बलर र नवउदयमान खेलाडीले समान १०/१० हजार सहित ट्रफी र प्रमाण पत्र ले सम्मान गरिने छ ।
यता प्रतियोगिता को मिडिया पार्टनर को रुप मा रहेको जनता टेलिभिजन ले प्रतियोगिताको क्वार्टरफाईनल पछिको खेलहरु प्रत्यक्ष प्रशारण गर्नेछ ।