अफगानिस्तान विरुद्ध नेपाली युवा क्रीकेट टोलि को ऐतिहासिक जित
भदौ ३१ , अनलाईन खेलखबर || भारत को लखनउ मा जारी अफगानिस्तान , नेपाल र भारत “ए ” र “बि ” सम्मलित एकदिवसीय श्रीङ्खला को तेस्रो खेल मा नेपाल ले अफगानिस्तान लाई २५ रन ले पराजित गरेको छ ।
१ सय ९० रन को बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ मा उत्रिएको अफगानिस्तान ४७.४ ओवर मा १ सय ६४ रन मा अलआउट हुन पुग्यो । अफगानिस्तान का लागि कप्तान इजाज अहमद मेहरान ले सर्बाधिक ५७ रन को पारी खेले पनि त्यो जित का लागि भने प्रयाप्त हुन सकेन । यस्तै रेयाज हसन ले ३८ रन बनाएका थिए भने अब्दुल रहमान ले ३७ रन को पारी खेलेका थिए ।
अफगानिस्तानको यु १९ विरुद्ध नेपाल लाई ऐतिहासिक जित दिलाउन सागर ढकाल ले सर्बाधिक ४ बिकेट लिएका थिए भने कमलसिंह ऐरीले र रसिद खानले समान २/२ विकेट लिए । साथै पवन सराफ ले पनि ले १ विकेट हात पारे ।
यसअघि ईकाना अन्तरास्ट्रिय क्रीकेट रंगशाला लखनउ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली युवा टोलीले अफगानिस्तान यु-१९ बिरुद्ध ४९.३ ओवर मा अलआउट हुँदै १ सय ८९ रन बनाएको थियो । नेपाल लाई सम्मानजनक स्थिती सम्म पुर्याउन पवन सर्राफले अबिजित रहदै सर्वाधिक ७८ रनको योगदान गरेका थिए ।
निकै खराब लय मा सुरुवात गरेको नेपाल लाई उकास्न पवन को भुमिका ठूलो रहयो । २२.४ ओवर भित्र नेपाल ले मात्र ९० रन बनाएर आफ्नो महत्त्वपूर्ण ६ बिकेट गुमाई सकेको अबस्थामा पवन ले नेपाल का लागि तारीफ योग्य प्रदशन गरे । उनले ९६ बलको सामना गर्दै १० चौका र १ छक्का प्रहार गरेका थिए ।
भने नेपाल का लागि सन्दिप जोरा ले २८ रन , रासिद खान ले २४ रन लोकेश बाम ले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान ले नेपाल का लागि निराशाजनक प्रदशन गरे ।
नाबिद मोहम्मद कबिर ले अफगानिस्तान का लागि सर्बाधिक ३ बिकेट हात पारे भने अबिद मोहमादी र अरिफ खान ले समान २/२ बिकेट हात पारे । यस्तै सनिउल्ला जावद को नाम मा १ बिकेट रहयो ।
यो श्रीङ्खला सकिए लगत्तै नेपाल ले भारत र अफगानिस्तान सगैँ आउदो असोज १३ देखि २१ गते सम्म बङलादेश मा हुने अन्डर १९ एसिया कप प्रतियोगिता खेल्नेछ ।