onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अन्डर नाईन्टिन एसिया कप को खेल तालिका सार्बजनिक : भारत सगँ पहिलो खेल खेल्दै नेपाल ले प्रतियोगिता को सुरुवात गर्ने

भदौ ३१ , अनलाईन खेलखबर || आउदो असोज १३ देखि २१ गते सम्म बङलादेश मा हुने अन्डर १९ एसिया कप प्रतियोगिता को खेल तालिका सार्बजनिक भएको छ ।

एसियन क्रीकेट काउन्सिल ( एसिसि ) ले सनिवार सार्बजनिक गरेको खेल तालिका अनुसार नेपाल ले पहिलो खेल भारत विरुद्ध खेल्नेछ ।

प्रतियोगिता मा नेपाल सहित भारत ,श्रीलंका ,पाकिस्तान , बङलादेश , अफगानिस्तान हङकङ र युएई ले प्रतियोगिता मा सहभागि जनाउने छ्न । नेपाल समूह ” ए ” मा भारत अफगानिस्तान र युएई सगै रहेको छ भने समुह “बि ” मा बङ्लादेश ,पाकिस्तान , श्रीलंका र हङकङ रहेका छ्न ।

तालिका अनुसार नेपाल ले दोस्रो खेल असोज १५ गते अफगानिस्तान सगँ खेल्नेछ भने समूह को अन्तिम खेल असोज १६ गते युएई विरुद्ध खेल्नेछ ।

समुह को उत्कृष्ट दुई टोलि सेमिफाइनल पुग्नेछ्न , सेमिफाइनल असोज १८ र १९ मा हुनेछ भने प्रतियोगिता को फाईनल असोज २१ मा हुनेछ ।

यता अहिले नेपाली युवा टोलि भारत भ्रमण मा रहेको छ जहाँ अफगानिस्तान र भारत को “ए “र “बि ” टिम सम्मलित एकदिवसीय श्रीङ्खला खेलिरहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *