नेपाली क्रिकेट समर्थक समाजबाट क्रिकेटर करन र हरि चौहान सम्मानित

नेपाली क्रिकेट समर्थक समाजबाट क्रिकेटर करन र हरि चौहान सम्मानित

भदौ ३० , अनलाईन खेलखबर || नेपाली क्रिकेट समर्थक समाज ( एनसिएसएस ) बाट नेपाली क्रिकेटर करण केसि र हरि बहादुर चौहान सम्मानित भएका छ्न ।

काठमाडौंस्थित नेपाल खेलकुद पत्रकार मन्चको हलमा आयोजित सम्मान कार्यक्रममा उनिहरुलाई नगद राशीसहित सम्मान गरिएको हो ।

संस्थाका तत्कालीन कोषाध्यक्ष रहेका स्वर्गीय प्रमोद ब्रजाचार्यले नेपाली क्रिकेटको लागि गर्नु भएको योगदानलाई सम्मान तथा उहाँको सम्झनामा एनसिएसएसले “स्व. प्रमोद बज्राचार्य एनसिएसएस राष्ट्रिय सेवा सम्मान” बाट नगद २५ हजार नगद सहित नेपाली क्रिकेटका उदयमान खेलाडी हरि बहादुर चौहान लाई सम्मान गरिएको हो । उनले नेपालको सबैभन्दा ठुलो एकदिवसीय प्रतियोगिता प्रधानमन्त्री कपमा उत्कृष्ट प्रंदशन गरेका थिए । प्रदेश नम्बर ४ बाट खेलेका उनले १ सय ५७ रन र ८ विकेट समेत लिएका थिए ।

यसै बर्ष देखि यो सम्मान प्रत्येक बर्ष नेपालि क्रिकेटका उदयमान महिला तथा पुरुष क्रिकेट खेलाडी मध्य बाट एक जनालाई हरेक साल यो सम्मान प्रदान गरिने एनसिएसएसले घोषणा समेत गरेको छ ।

यस्तै सोही कार्यक्रममा नै नेपाललाई बिश्वकप छनोट २०१८ सम्म पुर्याउन अबिस्मरणीय ठूलो भुमिका खेलेका करण केसिलाई “स्व. प्रमोद बज्राचार्य राष्ट्रिय विशेष सेवा सम्मान” बाट सम्मान गरिएको थियो ।

नेपाली क्रिकेट समर्थक समाजको अफिसियल फेसबुक ग्रुपका समर्थकहरुले आफ्नो मनैबाट नेपाललाई बिश्वकप छ्नोट पुर्याएका करनलाई सम्मान गर्नुपर्छ भन्ने विचारलाई कदर गर्दै डिभिजन २ प्रतियोगिता सकिए लगत्तै एनसिएसएसले समर्थक बाट सहयोग रकम उठाएको थियो । सोही समर्थकबाट उठेको १ लाख नगद राशी सहित “स्व. प्रमोद बज्राचार्य राष्ट्रिय विशेष सेवा सम्मान” बाट करनलाई सम्मान गरिएको हो ।

करनको अबिस्मरणीय ब्याटिङको मद्दतमा क्यानडा माथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको थियो । नेपालको जितमा करण केसी नायक बनेका थिए ।

राष्ट्रिय विशेष सेवा सम्मानले सम्मानित भए पछि करनले छोटो भनाई राख्ने क्रममा उनले समर्थक हरुको यो मायाले अझ हौसला सहित अझ नेपालको लागि राम्रो गर्ने प्रेरणा मिलेको बताएका थिए ।

यस्तै कार्यक्रममा बोल्ने क्रममा सस्थाका अध्यक्ष भानु सिग्देलले स्वर्गीय ब्रजाचार्यको स्मरणीय गर्दै उहाँको संस्था र नेपाली क्रिकेटमा ठुलो योगदान रहेको बताए ।

यस्तै संस्थाले नेपाली क्रिकेटमा समर्थकको तर्फबाट गरेको योगदान लाई कदर गर्दै संस्थाले सदस्य महेन्द्र गुरुङलाई प्रसंशा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली क्रिकेट टोलिका महत्त्वपूर्ण खेलाडी सोमपाल कामी ,नेपाली क्रिकेट समर्थक समाज ( एनसिएसएस ) का प्रदाधिकारी , स्वर्गीय ब्रजचार्यका आफन्तजनहरु तथा समर्थक र खेल पत्रकार हरुको सहभागिता रहेको थियो । सम्मान कार्यक्रम संस्थाका सचिब बिमल पौडेलले सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *