onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाली क्रीकेट समर्थक समाज बाट क्रीकेटर करन र हरि चौहान सम्मानित

भदौ ३० , अनलाईन खेलखबर || नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) बाट नेपाली क्रीकेटर करन केसि र हरि बहादुर चौहान सम्मानित भएका छ्न ।

काठमाडौ स्थित नेपाल खेलकुद पत्रकार मन्चको हल मा आयोजित सम्मान कार्यक्रम मा उनिहरुलाई नगद राशी सहित सम्मान गरिएको हो ।

संस्था का तत्कालीन कोषाध्यक्ष रहेका स्वर्गीय प्रमोद ब्रजाचार्य ले नेपाली क्रिकेट को लागि गर्नु भएको योगदानलाई सम्मान तथा उहाँको सम्झना मा एनसिएसएस ले “स्व. प्रमोद बज्राचार्य एनसिएसएस राष्ट्रिय सेवा सम्मान” बाट नगद २५ हजार नगद सहित नेपाली क्रीकेट का उदयमान खेलाडी हरि बहादुर चौहान लाई सम्मान गरिएको हो । उनले नेपाल को सबैभन्दा ठुलो एकदिवसीय प्रतियोगिता प्रधानमन्त्री कप मा उत्कृष्ट प्रंदशन गरेका थिए । प्रदेश नम्बर ४ बाट खेलेका उनले १ सय ५७ रन र ८ बिकेट समेत लिएका थिए ।

यसै बर्ष देखि यो सम्मान प्रत्येक बर्ष नेपालि क्रीकेट का उदयमान महिला तथा पुरुष क्रिकेट खेलाडी मध्य बाट एक जना लाई हरेक साल यो सम्मान प्रदान गरिने एनसिएसएस ले घोषणा समेत गरेको छ ।

यस्तै सोही कार्यक्रममा मा नै नेपाललाई बिश्वकप छनोट २०१८ सम्म पुर्याउन अबिस्मरणीय ठूलो भुमिका खेलेका करण केसिलाई “स्व. प्रमोद बज्राचार्य राष्ट्रिय विशेष सेवा सम्मान” बाट सम्मान गरिएको थियो ।

नेपाली क्रिकेट समर्थक समाज को अफिसियल फेसबुक ग्रुपका समर्थकहरुले आफ्नो मनै बाट नेपाल लाई बिश्वकप छ्नोट पुर्याएका करन लाई सम्मान गर्नुपर्छ भन्ने बिचार लाई कदर गर्दै डिभिजन २ प्रतियोगिता सकिए लगत्तै एनसिएसएस ले समर्थक बाट सहयोग रकम उठाएको थियो । सोही समर्थक बाट उठेको १ लाख नगद राशी सहित “स्व. प्रमोद बज्राचार्य राष्ट्रिय विशेष सेवा सम्मान” बाट करन लाई सम्मान गरिएको हो ।

करन को अबिस्मरणीय ब्याटिङ को मद्दत मा क्यानडा माथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको थियो । नेपालको जितमा करण केसी नायक बनेका थिए ।

राष्ट्रिय विशेष सेवा सम्मान ले सम्मानित भए पछि करन ले छोटो भनाई राख्ने क्रम मा उनले समर्थक हरु को यो माया ले अझ हौसला सहित अझ नेपाल को लागि राम्रो गर्ने प्रेरणा मिलेको बताएका थिए ।

यस्तै कार्यक्रम मा बोल्ने क्रममा सस्था का अध्यक्ष भानु सिग्देल ले स्वर्गीय ब्रजाचार्य स्मरणीय गर्दै उहाँ को संस्था र नेपाली क्रीकेट मा ठुलो योगदान रहेको बताए ।

यस्तै संस्था ले नेपाली क्रीकेट मा समर्थक को तर्फ बाट गरेको योगदान लाई कदर गर्दै संस्था ले सदस्य महेन्द्र गुरुङ लाई प्रसंशा पत्र ले सम्मान गरिएको थियो ।

कार्यक्रम मा नेपाली क्रीकेट टोलि का महत्त्वपूर्ण खेलाडी सोमपाल कामी ,नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) का प्रदाधिकारी , स्वर्गीय ब्रजचार्य का आफन्तजन हरु तथा समर्थक र खेल पत्रकार हरुको सहभागिता रहेको थियो । सम्मान कार्यक्रम संस्था का सचीव बिमल पौडेल ले सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्