सर्वाधिक पुरस्कार राशीको दाङ क्रिकेट लिग फागुन अन्तिम साता देखि सुरु हुने

सर्वाधिक पुरस्कार राशीको दाङ क्रिकेट लिग फागुन अन्तिम साता देखि सुरु हुने

८ माघ ( अनलाइन खेल खबर ) । दाङ जिल्लाकै प्रतिष्ठित फेन्चाईज क्रिकेट प्रतियोगिता दाङ क्रिकेट लिग ( डिसिएल ) को दोस्रो संस्करण आगामी फागुन २६ गतेबाट हुने भएको छ ।

सोमबार आयोजक दाङ क्रिकेट संघले दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति सार्वजनिक गरिएको हो ।

घोराही टाइगर्स, दंगाली लायन्स, तुलसीपुर रोयल्स, पुरन्धारा च्यालेन्जर्स र देउखुरी वारीयर्स गरी पाँच फ्रेन्चाईज टिमहरु सहभागी रहने प्रतियोगिताको दोस्रो संस्करणसम्म आईपुग्दा व्यापक प्ररिष्कृत समेत देखिएको छ ।

आयोजक दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाका अनुसार यसपटक लिगमा देशभरका सय बढी खेलाडीलाई म्याच शुल्कसहितको क्रिकेट प्रतियोगिता खेल्ने अवसर प्रदान गरिएको छ । साथै हरेक टिमले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी यसपटक राख्न पाउँने छन् । जसमा दाङ जिल्लाभित्रका यु–१६ का दुई जना, यु–१९ का २ जना र सिनियर ५ जना टोलीमा समाबेश हुनेछन् ।

प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरुलाई खेलाडी खरिदका लागि न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था गरेको छ । अक्सनबाट १२ खेलाडी छानिने छन् । टोलीको मार्की खेलाडीलाई भने टोलीले आफै अधितम मुल्यमा छ्नोट गर्न सक्नेछ ।

लुम्बिनी प्रदेशकै राम्रो धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेटकर्ता र उदायमान खेलाडीले जनही १० हजार प्रदान गर्दा सर्वोउत्कृष्ट खेलाडीलेले पन्ध्र हजार प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द म्याचले पाँच हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताले जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्ला हो भनेर चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिईएको छ । यस प्रकारको प्रतियोगिताले देशभरका खेलाडी जिल्लामा आउँदा यहाँको खेलकुदको बारेमा थाहा पाउनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि स्थानीयदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा नाम चलिसकेका खेलाडीहरूले नाम दर्ता गर्नका लागि समय तोकिने भएको छ । जसका लागि आयोजकले चाँडै निर्णय गरी फ्रेन्चाईजहरुमार्फत फाराम खुलाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *