हिमालय टेलिभिजन ले पोखरा प्रिमियर लिग को प्रत्यक्ष प्रशारण गर्ने
भदौ २९ , अनलाईन खेलखबर || पर्यटन नगरि पोखरा मा यहि आउदो कार्तिक ९ देखि पहिलो पटक हुन गईरहेको पोखरा प्रिमियर लिग ( पिपिएल ) को प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजन एचडि ले गर्ने भएको छ ।
हालको हिमालय टेलिभिजन नै केही समय पछि एचडि मा रुपान्तरण हुदैछ । आज राजधानि मा एक कार्यक्रम गरि प्रत्यक्ष प्रशारण को जिम्मा हिमालय ले लिने घोषणा गरिएको हो ।
सम्झौता कार्यक्रम मा आयोजक क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामा र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गरेका थिए ।
टेलिभिजन ले प्रत्यक्ष प्रशारण गरे बावत ३ बर्ष का लागि नगद र अन्य गरि ३ करोड ७० लाख रुपैयाँ प्रदान गर्नेछ। साथै टेलिभिजन र डिजिटल अधिकार हिमालय टेलिभिजन कै रहने छ ।
प्रत्यक्ष प्रशारण क्रीकेट मा हिमालय को यो तहको सम्भवत यो पहिलो नै हो । यसअघि गर्दै आएका निजि टेलिभिजन कान्तिपुर र एपिवान लाई पछाडी पार्दै हिमालय ले क्रीकेट मा हात हालेको हो ।
यता प्रतियोगितामा ६ वटा टिम सहभागी हुने भनिएको छ जसको नाम नेपाल का बिभिन्न सहरहरुको नाम बाट रहने छ ।