
भारत भ्रमण मा रहेको नेपाली युवा क्रीकेट टिम को लगातार दोस्रो हार
भदौ २९ , अनलाईन खेलखबर || भारत मा जारी नेपाल अफगानिस्तान भारत “ए ” र बि सम्मलित एकदिवसीय सिरिज को दोस्रो खेल मा पनि नेपाली यु -१९ क्रीकेट टोलि पराजित भएको छ ।
पहिलो खेल मा भारत यु -१९ ” बि ” टिम सगँ ४० रनले पराजित भएको नेपाल आज पनि आफ्नो दोस्रो खेलमा भारत यु -१९ ” ए ” सगँ ८ बिकेट ले पराजित हुन पुगेको छ ।
भारत को लखनउ स्थित नवनिर्मित एकना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४५.५ ओवरमा अलआउट हुँदै मात्र १ सय ५६ रन बनाएको थियो ।
सुरुवात देखि नै खराब लय मा देखिएको नेपाल ले २३ रन बनाउदाँ ३ बिकेट गुमाईसकेको अवस्था थियो । यसपछि ओपनर तृतराज दास र सन्दिप जोहरा ले पारी लाई उकासेका थिए दास ले ४६ रन बनाए भने सन्दिप जोहराले ६६ रनको पारि खेलेका थिए । यस्तै भिमले २८ रन को योगदान गरे ।
बलिग तर्फ भारत का लागि वाईडी मंगवानी र अजय गौडले समान ४/४ विकेट लिएका थिए ।
१ सय ५७ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ मा उत्रिएको भारत ” ए ” ले २४.१ ओवर मा मात्र २ बिकेट गुमाएर लक्ष्य भेटायो । भारत को जित मा वाई भी राठोद ले अविजित ४९ रन, कप्तान अनुज रावल ले ४७ रन तथा प्रभसिमरन सिंहको आक्रामक अविजित ४६ रन महत्त्वपूर्ण रहयो ।
सुरुवाती लगातार दुई खेल मा हार ब्यहोरेको नेपाल ले अब तेस्रो खेल आउदो आईतवार अफगानिस्तानसँग खेल्नेछ।