युएईलाई हराउँदै नेपाल विश्वकपमा छ्नोट
सलमान शाह (अनलाइन खेल खबर ) । सन् २०२४ मा श्रीलंकामा हुने आईसीसी यु-१९ विश्वकपका लागि नेपाल छ्नोट भएको छ । बिहिबार युएईमा भएको एसिया क्षेत्र छ्नोटको फाइनलमा घरेलु टोली युएईलाई ७ रनले पराजित गरे सँगै नेपाल विश्वकपमा छनोट भएको हो ।
रोमान्चक बनेको फाइनल खेलमा नेपालले प्रस्तुत गरेको १ सय ९२ रनको मध्यम लक्ष्य पछ्याएको युएई ४८ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ८४ रनमा सिमित हुन् पुग्दा नेपालको विश्वकप यात्रा पक्का भएको हो ।
युएईका लागि ईथान डि सोल्झाले सर्वाधिक ठूलो पारी खेले । ६६ बलको सामना गरेका उनले ८ चौकाको सहयोगमा ५० रन बनाएका थिए । यस्तै आर्यन सक्सेनाले ३४ तथा अर्याश शर्माले ३२ रन जोडे ।
बलिङतर्फ नेपालका दिपेश कडेलले सर्वाधिक ५ विकेट लिए । भने सुबाश भन्डारी र हेमन्त धामीले २-२ विकेट लिएका थिए ।
त्यसअघि युएईस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
मध्यम योगफल बनाउने क्रममा नेपालका लागि कप्तान देव खनालले कप्तानी पारी खेलेका थिए । सर्वाधिक धेरै रन बनाएका देवले अर्धशतकीय पारी खेले । ८४ बलको सामना गरेका उनले ४ चौका र १ छ्क्कासहित ५१ रन जोडे । यस्तै टोलीको पारी उकास्ने क्रममा विशाल विक्रम केसीले ३८ रनको योगदान गरे । ५० बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ५ चौका समेत प्रहार गरे ।
यि दुई बाहेक उत्तम थापा मगरले ३६ रन , दिपेश खत्रीले १५ रन र हेमन्त धामीले १३ रन बनाएका थिए ।
बलिङमा युएईका धुर्ब परासरले ३ तथा आयान अफजल खान र हरित हरिशले २-२ विकेट हात पार्दा हरसिदले १ विकेट लिएका थिए ।