onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्रिकेटर अमित आइटेल मोबाइलको ब्राण्ड एम्बासडरमा नियुक्त

साउन ३० ( अनलाइन खेल खबर ) । क्रिकेटर अमित श्रेष्ठ महालक्ष्मी मोबाइल कम्पनीको आइटेल मोबाइलको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।

नेपाल पुलिस क्लबका २८ वर्षीय ब्याट्सम्यान अमितलाई आइटेलले एक वर्षका लागि ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । सम्झौता अवधिमा अमितलाई आइटेलले आवस्यक सम्पूर्ण खेल सामग्री सहयोग गर्नेछ ।

दायाँ हाते ब्याटर अमितले नेपालको यु-१९ राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन् भने बिगत १५ वर्ष देखि नियमित घरेलु क्रिकेट प्रतियोगिताहरु खेल्दै आएका छन् । उनले सन् २०१३ को एसीसी यु-१९ र यु-१९ एसिया कपमा नेपालको प्रतिनिधित्व समेत गरेका थिए ।

आइटेल कम्पनी सन् २०१७ बाट प्रयोगमा आएको कम्पनी हो । जुन १७ देशमा प्रयोगमा छ । कम्पनीको ब्रान्ड एम्बासडर चयन भएपछि अमितले भविष्यमा क्रिकेट खेल्ने यो सहकार्यले राहत पुग्ने बताए । उनले भने, ‘१५ वर्षको क्रिकेट करियरमा पहिलो पटक प्रायोजक पाएको हुँ। यो सहकार्यका लागि आइटेललाई धन्यवाद । यसपछि आफुलाई भविष्यमा खेल्न झनै सहयोग पुग्ने उनको कथन रहेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published.